Sub Index

Manufacturing and Processing

घोराही सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

December 11th 2025

0

0 shares

घोराही सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नेपाली शेयर न्यूज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड का शेयर आज मंसिर २५ गतेभित्र किनेका लगानीकर्ताले मात्रै कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्ने भएका छन्।

कम्पनीले चालु आर्थिक वर्षका लागि १०% बोनस शेयर र ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस १४ गते दाङको घोराहीस्थित होटल पौवामा बिहान ९ बजे पाँचौं वार्षिक साधारणसभा (AGM) बोलाएको छ।

लाभांश तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते (भोलि) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म शेयर किन्ने शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।

साधारणसभाले निम्न प्रस्तावहरू पनि पारित गर्नेछ–

बोनसपछि कायम हुने चुक्ता पूँजीको आधारमा १:०.७५ अनुपातमा हकप्रद शेयर (Rights Share) निष्कासन।

विभिन्न ऋण स्वीकृतिको विषयमा निर्णय।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी।

गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण (वासलात, नाफा–नोक्सान, नगद प्रवाह) पारित।

चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण।

सञ्चालक सम्बद्ध संस्थासँग भएका कारोबार अनुमोदन।

संस्थापक शेयरधनीबाट सापटी लिने तथा उपभोग गर्ने प्रस्ताव।

संस्थापक समूहबाट सञ्चालक निर्वाचन गर्ने प्रक्रिया।

घोराही सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech