अर्थतन्त्र

लगानी योग्य रकम स्थिर हुनु ठूलो चुनौतीः वीरेन्द्रराज पाण्डे

December 7th 2025

0

0 shares

लगानी योग्य रकम स्थिर हुनु ठूलो चुनौतीः वीरेन्द्रराज पाण्डे

नेपाली शेयर न्यूज । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले वित्तीय प्रणालीमा रोकिएको लगानी योग्य रकम नै अहिलेको ठूलो चुनौती भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को साधारण सभामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

अध्यक्ष पाण्डेका अनुसार बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि समग्र बजारमा माग बढ्न नसक्दा पैसा निष्क्रिय बनेको छ। उनले भने, “आन्तरिक अर्थतन्त्र चापमा छ। बैंकमा लगानी योग्य रकम पर्याप्त छ। ब्याज एकल बिन्दुमा भए पनि समग्र बजारको माग बढ्न सकेको छैन। अहिलेको सबैभन्दा ठूलो चुनौती हाम्रो प्रणालीमा रहेको लगानी योग्य रकम स्थिर हुनु हो। पैसा स्थिर बस्नु अर्थतन्त्रका लागि राम्रो पक्कै पनि होइन।”

उनले निजी क्षेत्रको लगानी विस्तार भए मात्र देशको अर्थतन्त्र बलियो हुने बताउँदै यसले रोजगारी, राजस्व र समृद्धतामा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरे। “निजी क्षेत्रको लगानी बढ्यो भने मात्र अर्थतन्त्र विस्तार हुन्छ। अर्थतन्त्र सुदृढ भयो भने मात्र मुलुक समृद्ध हुन्छ। युवाले रोजगारी पाउँछन्, राज्यले राजस्व पाउँछ,” पाण्डेले भने।

बजारमा पैसा सक्रिय बनाउन सरकारले पुँजीगत खर्च वृद्धि गर्न आवश्यक रहेको उनको सुझाब छ। उनले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बजेट कार्यान्वयन सन्तोषजनक नदेखिएको बताए। “बजेट कार्यान्वयनका लागि सरकार कडाइका साथ प्रस्तुत हुनुपर्छ,” उनले भने।

अध्यक्ष पाण्डेले आर्थिक मुद्दालाई राजनीतिक प्राथमिकताभन्दा माथि राख्नुपर्ने आवश्यकता जोड दिए। “राजनीति भन्दा माथि आर्थिक मुद्दाहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने विषयमा समान धारणा छ,” उनले स्पष्ट पारे।

लगानी योग्य रकम स्थिर हुनु ठूलो चुनौतीः वीरेन्द्रराज पाण्डे

Leave a Comment

Related News

H1 Test

H1 Test

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी  छैन

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी छैन

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech