Development Bank

Sub Index

विचार/अन्तरवार्ता

डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’

December 11th 2025

0

0 shares

डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’

नेपाली शेयर न्यूज । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाका लागि सबैभन्दा सुरक्षित लगानी शेयर बजार नै भएको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले बैंकहरूले शेयर बजारमा लगानी गर्न डराउन नहुने बताए ।

मिश्रले शेयर बजारको मूल्य निर्धारण, जोखिम व्यवस्थापन र पारदर्शिताको विषयमा उदाहरणसहित व्याख्या गर्दै बैंकका लागि शेयरमा लगानी व्यावहारिक र सुरक्षित विकल्प बन्न सक्ने बताए।

दैनिक मूल्य सार्वजनिक हुने बजारमा घटबढको आधारमा जोखिम व्यवस्थापन सजिलो हुने उल्लेख गर्दै उनले भने, ‘१८० दिनको एभरेज गणनाका आधारमा मार्जिन कलको प्रक्रिया सहज हुन्छ। घट्यो भने तिर्न आउ, बढ्यो भने लिन आउ भन्ने हुन्छ।’

उनका अनुसार शेयर बजारमा कृत्रिम बुल ट्रेन्डले केही मात्रामा बबल सिर्जना गर्न सक्ने भए पनि यसको निगरानी राष्ट्र बैंककै जिम्मा भएकाले संस्थागत लगानीका लागि विश्वसनीय मानिन्छ । मिश्रले भने, ‘धेरै माथि गयो भने भन्नुपर्ने राष्ट्र बैंक नै हो। त्यसैले डराउनुपर्ने कारण छैन।’

डेपुटी गभर्नर मिश्रले लगानी गर्दा बजारको स्थिरता, दीर्घकालीन दृष्टिकोण र उपयुक्त विकल्पहरूको अध्ययन अनिवार्य रहेको उल्लेख गरे। उनले भने, ‘ट्रम राष्ट्रपति भएपछि अमेरिकामा टेस्लाको सेयर मूल्य तीन महिनापछि मात्रै बढेको थियो। बजारका फन्डामेन्टलहरूलाई हेरेर मात्र लगानी गर्नुपर्छ।’

डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

पाल्पा सिमेन्टको आईपीओमा स्थानीयको असन्तुष्टि: आईपीओ सुरु हुनुअघि नै विवादको घेरामा

पाल्पा सिमेन्टको आईपीओमा स्थानीयको असन्तुष्टि: आईपीओ सुरु हुनुअघि नै विवादको घेरामा

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech