अर्थतन्त्र

‘सीईओले चाह्यो भने जसरी पनि प्रस्ताव पारित हुन्छ,चाहेन् भने केही पनि हुँदैन,’

December 7th 2025

0

0 shares

‘सीईओले चाह्यो भने जसरी पनि प्रस्ताव पारित हुन्छ,चाहेन् भने केही पनि हुँदैन,’

नेपाली शेयर न्यूज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगसँगै अघि नबढे नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन्। नाफिजको १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले निजी क्षेत्रलाई साथमा लिएर मात्रै आर्थिक सुधार सम्भव हुने स्पष्ट पारे।

अध्यक्ष ढकालका अनुसार, निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता अब झनै बढेको छ। उनले भने, ‘जबसम्म निजी क्षेत्र सँगसँगै लिएर जान सकिँदैन, तबसम्म नेपालको अर्थतन्त्र अगाडि लैजान सकिँदैन। यो प्रमाणित पनि भइसकेको छ।’

ढकालले अर्थतन्त्रसँग सम्बन्धित एजेन्डामा नेपाल पछि परेको उल्लेख गर्दै यसमा ध्यान नदिइएकोमा गुनासो गरे। उनले सरकार, निजी क्षेत्र र सरोकारवालाबीच कलेक्टिभ एप्रोचको अभाव भएकाले परिणाम प्राप्त हुन नसकेको बताए।

ढकालले नेपालमा केही गर्न सकिँदैन भन्ने धारणा गलत रहेको दाबी गरे। उनका अनुसार, आन्तरिक पुँजी परिचालन गरेर पनि धेरै काम गर्न सकिने सम्भावना रहेको छ।

‘निजी क्षेत्रले नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ,’ उनले भने।

जेनजी आन्दोलनले उठाएका सुशासनका मुद्दा निजी क्षेत्रकै माग पनि रहेकाले केही मुद्दामा परिवर्तन सुरु भएको उनको भनाइ छ। यसले निजी क्षेत्रमा उत्साह पैदा भएको उनले उल्लेख गरे।

ढकालले संस्थागत निर्णय प्रक्रियामा सीईओको प्रभाव बढी हुने, अध्यक्ष र बोर्डलाई प्रभावित पार्ने प्रवृत्ति मौजुदा रहेको बताए। ‘सीईओले चाह्यो भने जसरी पनि प्रस्ताव पारित हुन्छ, चाहेन् भने केही पनि हुँदैन,’ उनले भने।

अध्यक्ष ढकालका अनुसार, एफएनसीसीआईले देश तथा विदेशमा लगानी प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। उनका अनुसार, निजी क्षेत्रलाई समावेश नगरी नतिजा निकाल्ने प्रयास विफल हुने स्पष्ट देखिएकोले अब सरकार–निजी क्षेत्र साझेदारीलाई प्राथमिकता दिनु आवश्यक छ।

‘सीईओले चाह्यो भने जसरी पनि प्रस्ताव पारित हुन्छ,चाहेन् भने केही पनि हुँदैन,’

Leave a Comment

Related News

H1 Test

H1 Test

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी  छैन

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी छैन

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech