नेपाली शेयर न्यूज । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ९७ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा सार्वजनिक रूपमा उपलब्ध गराएको छ। संस्थाले उक्त सेयर आजदेखि बिक्री प्रक्रियामा ल्याएको हो।
सेयर खरिदका लागि व्यक्ति, कम्पनी तथा कुनै पनि संघ–संस्थाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक लगानीकर्ताले काठमाडौँको ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा पुगेर आवेदन बुझाउनुपर्नेछ। सूचना प्रकाशित भएको दिनदेखि ३५ दिनभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ। लघुवित्तबाट संस्थापक सेयर खरिदको अवसर खुलेसँगै धेरै लगानीकर्तामा आकर्षण बढ्ने अपेक्षा गरिएको छ।




























