Micro Finance

Sub Index

पाँच लघुवित्तको लाभांश घोषणा, कुनले कति दिने ?

December 21st 2025

0

0 shares

पाँच लघुवित्तको लाभांश घोषणा, कुनले कति दिने ?

नेपाली शेयर न्यूज । पाँच वटा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन्। कालिका, महुली, मिथिला, स्वरोजगार र ग्लोबल आइएमई लघुवित्तले बोनस शेयर तथा नगद लाभांश प्रस्ताव गरेका हुन्।

कालिका लघुवित्त वित्तीय संस्था

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।

महुली लघुवित्त वित्तीय संस्था

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ४ गते बसेको सञ्चालक समितिको बैठकबाट कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले असार मसान्तसम्म कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो। यो लाभांश पनि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

मिथिला लघुवित्त वित्तीय संस्था

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ४ गते बसेको सञ्चालक समितिको बैठकबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। जसअनुसार कम्पनीले १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्नेछ। घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।

स्वरोजगार लघुवित्त वित्तीय संस्था

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि पुस ४ गते बसेको सञ्चालक समितिको बैठकमार्फत कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि शेयरधनीमा वितरण हुनेछ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले असार मसान्तसम्म कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।

पाँच लघुवित्तको लाभांश घोषणा, कुनले कति दिने ?

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech