Sub Index

Manufacturing and Processing

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ खुला : प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा

December 22nd 2025

0

0 shares

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ खुला : प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा

नेपाली शेयर न्यूज । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आज पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँट सम्पन्न गरेपछि अब सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमध्ये ५७ हजार ७९८ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गर्न लागेको छ। शेयरको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्नेछ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ अनुसार बोलकबोल प्रणालीमार्फत योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिएपछि सर्वसाधारणका लागि प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन छिटोमा पुस ११ गते बन्द हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशनका लागि केयर रेटिङ्ग नेपालले ‘केयर एनपी सिंगल ए माइनस’ प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीमा वित्तीय दायित्व समयमै सुरक्षित रूपमा वहन गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्दछ।

रिलायन्स स्पिनिङ्ग मिल्स नेपालका धागो उत्पादन उद्योगहरूमध्ये सबैभन्दा ठूलो रोजगारदाता उद्योगका रूपमा परिचित छ। कम्पनीले आफ्नो कुल उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी हिस्सा भारत, टर्की, भियतनाम, बेलायत लगायत विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ।

कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण तथा प्रबन्ध सञ्चालक अक्षय गोल्याण रहेका छन्। कम्पनीको मुख्य उद्योग इटहरी उपमहानगरपालिका वडा नं. १२ खनार, सुनसरीमा रहेको छ भने शाखा उद्योग इटहरी वडा नं. ४ दुहबीमा सञ्चालनमा छ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको विवरणपत्रमा उल्लेख गरिएको छ।

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ खुला : प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech