Investment

Sub Index

विचार/अन्तरवार्ता

‘विदेशी लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्’

December 7th 2025

0

0 shares

‘विदेशी लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्’

नेपाली शेयर न्यूज/ लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहे पनि नेपालबाट हात झिक्ने संकेत नभएको बताएका छन्। नेपालमा लगानी गर्ने वातावरण क्रमशः सुधारिँदै गएको र लगानीकर्ताहरू उत्साहित रहेको उनले बताए।

आइतबार नाफिजको साधारण सभामा बोल्दै ज्ञवालीले १७ सय अर्ब रुपैयाँ बराबरका परियोजना पाइपलाइनमा रहेकाले लगानीको माहोल सकारात्मक दिशामा अघि बढेको बताए। “केही लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन्, तर हालसम्म कसैले हात झिकौँ भनेका छैनन्,” उनले भने, “बरु लगानीकर्ताहरू नेपालमा वातावरण राम्रो हुँदै गएको महसुस गर्दै तीव्र गतिमा अघि बढ्न इच्छुक छन्।”

ज्ञवालीले ‘गेम चेन्जिङ’ परियोजनाहरू फाइनल हुन लागेको जानकारी दिँदै लगानी बोर्डमा विज्ञहरूलाई सदस्यको रूपमा समावेश गर्ने तयारी भइरहेको बताए। उनका अनुसार, बोर्ड सुधार प्रक्रियामा रहेकाले कानुनी तथा संस्थागत जटिलताहरूलाई सम्बोधन गर्दै सहज वातावरण बनाउने लक्ष्य लिएको छ।

उनले राजनीतिक घटनाक्रमपछि विदेशी लगानीकर्ताहरूले नेपालको परिस्थितिप्रति चासो बढाएको उल्लेख गर्दै लगानीकर्तालाई ढुक्क बनाउने खालका नीतिगत स्थायित्व जरुरी रहेको बताए। “उनीहरूले जुन सर्तमा लगानी गर्छन्, त्यसलाई पछि परिवर्तन नहुने गरी सम्झौता हुने व्यवस्था मिलाउन मिहिनेत भइरहेको छ,” उनले भने।

निजी क्षेत्र र सरकारबीच समन्वय बढाउन बोर्ड सक्रिय रहेको भन्दै उनले प्रोजेक्ट विभाजन स्पष्ट गर्न, कानुनी जटिलता हटाउन तथा प्रतिस्पर्धात्मक संरचना बाहिर गएर परियोजना नदिने नीतिमा बोर्ड अघि बढेको बताए।

ज्ञवालीका अनुसार, लगानी वातावरण सुधारका लागि अर्थमन्त्रीसहित सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ। “हामीसँग उठ्नै पर्छ, विकल्प छैन भन्ने निष्कर्षसम्म पुगेका छौँ,” उनले भने।

‘विदेशी लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्’

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

पाल्पा सिमेन्टको आईपीओमा स्थानीयको असन्तुष्टि: आईपीओ सुरु हुनुअघि नै विवादको घेरामा

पाल्पा सिमेन्टको आईपीओमा स्थानीयको असन्तुष्टि: आईपीओ सुरु हुनुअघि नै विवादको घेरामा

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech