Hotel and Tourism

Sub Index

एशियन होटलको प्रथम साधारण सभा: ४२ लाख कित्ता साधारण शेयर जारी गर्ने प्रस्ताव पारित

November 20th 2025

0

0 shares

एशियन होटलको प्रथम साधारण सभा: ४२ लाख कित्ता साधारण शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । एशियन होटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष पारस अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ।

सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी संशोधन गर्दै पूँजी संरचनामा पुनर्संरचना गर्ने निर्णय गरेको छ। साथै संस्थापक तथा सर्वसाधारण समूहबीचको शेयर संरचना पुनर्सन्तुलन गर्ने प्रस्ताव पनि अनुमोदन गरिएकाे छ।

यसबाहेक, कम्पनीले १०० अंकित दरका ४२ लाख कित्ता साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गर्दै प्रशासनिक, वित्तीय तथा प्राविधिक सुधारका लागि सञ्चालक समितिलाई आवश्यक सबै निर्णय गर्ने अधिकार प्रदान गरेको छ। भैरहवा, लुम्बिनी प्रदेशमा अवस्थित चार–तारा स्तरको एशियन होटल लिमिटेडमा ६६ वटा आधुनिक कोठा (एलीट किंग, क्लासिक प्रिमियम, सुइट आदिमा वर्गीकृत), स्वीमिङ पूल, स्पा, २४-घण्टा स्वास्थ्य क्लबजस्ता सुविधा उपलब्ध छन्। विवाह, सम्मेलन तथा सामाजिक कार्यक्रमका लागि होटलले बैंक्वेट हल, सम्मेलन हल र पार्टी प्यालेसमार्फत उच्चस्तरीय इभेन्ट सेवा प्रदान गर्दै आएको छ।

होटलमा क्यासिनो, तीन प्रकारका बार, फ्री वाइफाइ, मिनीबार, लक्ज बाथटब÷जाकुजि, प्रशस्त पार्किङ, खुला गार्डेन तथा क्याम्पफायर र गेम स्क्रिनजस्ता मनोरञ्जनात्मक सुविधा पनि रहेको कम्पनीले जनाएको छ। सभामा बोल्दै अध्यक्ष पारस अधिकाऱ्याले कम्पनीले छोटो समयमै उल्लेखनीय प्रगति गर्दै आएको बताउँदै एशियन होटललाई नेपालको अग्रणी पर्यटन तथा आतिथ्य गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। कम्पनीले दीगो पर्यटन प्रवर्द्धन, स्थानीय सहकार्य तथा उच्चस्तरीय आतिथ्य सेवाको विस्तारलाई आगामी वर्षको प्रमुख प्राथमिकतामा राखेको जानकारी पनि दिइयो।

कम्पनीले शेयरधनीहरूको विश्वासलाई अझ सुदृढ बनाउन सेवा विस्तार तथा व्यवसायिक वृद्धि सम्बन्धी योजनाहरू प्रभावकारी रूपमा अघि बढाइने बताएको छ। साथै, कम्पनीले आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिसकेको छ।

एशियन होटलको प्रथम साधारण सभा: ४२ लाख कित्ता साधारण शेयर जारी गर्ने प्रस्ताव पारित

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech