Insurance

Sub Index

जीवन बीमा कम्पनी: पहिलो त्रैमासमा कुनको व्यवसाय कस्तो ?

November 18th 2025

0

0 shares

जीवन बीमा कम्पनी: पहिलो त्रैमासमा कुनको व्यवसाय कस्तो ?

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा जीवन बीमा व्यवसाय उल्लेख्य रूपमा बढेको छ। १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको असोज मसान्तसम्मको तुलनामा चालू आवको असोज मसान्तसम्म जीवन बीमा क्षेत्रको खुद बीमाशुल्क १२.२५ प्रतिशतले बढेको देखिएको हो।

गत आवको तीन महीनामा जीवन बीमकहरूले ४३ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका थिए। चालू आवको पहिलो तीन महीनामा भने यो रकम ४८ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ पुगेको छ।

उक्त अवधिमा सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ पहिलो स्थानमा रह्यो। कम्पनीले १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। दोस्रोमा नेशनल लाइफ ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँसहित रह्यो भने एलआईसी नेपाल ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँसहित तेस्रो स्थानमा रहेको छ।

त्यसैगरी राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५० करोड ४६ लाख रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब २८ करोड ४० लाख रुपैयाँ र सिटिजन लाइफले २ अर्ब १२ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्।

सानिमा रिलायन्स लाइफले १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ४ करोड १४ लाख रुपैयाँ आर्जन गरेका छन्।

वृद्धिदरको हिसाबले आइएमई लाइफ सबैभन्दा अगाडि रह्यो। कम्पनीले गत आवको तुलनामा ३१.९६ प्रतिशतले बीमाशुल्क वृद्धि गरेको छ। त्यसपछि सिटिजन लाइफ २८.७३ प्रतिशत, रिलायबल नेपाल लाइफ २७.४८ प्रतिशत, सूर्यज्योति लाइफ १८.७४ प्रतिशत, सानिमा रिलायन्स लाइफ १८.५२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ १८.७४ प्रतिशत र मेट लाइफ १६.०८ प्रतिशत वृद्धि हुन सफल भए।

त्यसैगरी नेशनल लाइफको १३.९८ प्रतिशत, नेपाल लाइफको १३.१८ प्रतिशत, एशियन लाइफको १३.१६ प्रतिशत, एलआईसी नेपालको ९.११ प्रतिशत, हिमालयन लाइफको ३.७३ प्रतिशत र सन नेपालको ०.८९ प्रतिशतले वृद्धि देखिएको छ। यता, राष्ट्रिय बीमा कम्पनी भने १.९१ प्रतिशत घटेको विवरणले देखाएको छ।

जीवन बीमा कम्पनी: पहिलो त्रैमासमा कुनको व्यवसाय कस्तो ?

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech