Development Bank

Sub Index

बैंकिङ

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

November 25th 2025

0

0 shares

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट प्रक्रिया सुरु गरेको छ। सोमबार लागू भएको नयाँ फ्रेमवर्क २०२५ अन्तर्गत राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंक पहिचान गर्ने मापदण्ड र तिनीहरूले पालना गर्नुपर्ने निर्देशिका तय गरेको छ।

केन्द्रीय बैंकले सन् २००८ को विश्व वित्तीय संकटबाट सिकेका पाठ र बासेल कमिटी अन बैंकिङ सुपरभिजनका असल मापदण्डअनुसार यो फ्रेमवर्क तयार गरेको जनाएको छ। फ्रेमवर्कको मुख्य उद्देश्य कुनै पनि बैंक “टु बिग टु फेल” नहोस् भन्ने सुनिश्चित गर्दै प्रणालीगत जोखिम नियन्त्रण गर्नु हो।

नयाँ फ्रेमवर्कले प्रणालीगत महत्त्वपूर्ण बैंकको पहिचान, प्रणालीगत जोखिम न्यूनीकरण, ठूलो र आपसमा अत्यधिक जोडिएका बैंकहरूको स्थायित्व बढाउने, साथै अनुपातिक र जोखिम–आधारित सुपरीवेक्षण सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

फ्रेमवर्क अनुसार प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट सूचक–आधारित विधिबाट हुनेछ। प्रणालीगत बैंक छनोट गर्दा चार मुख्य सूचकमा आधार राखिने छ। बैंकको आकारको भार ४० प्रतिशत, इन्टरकनेक्टेडनेसको भार ३० प्रतिशत, स्थायित्व १५ प्रतिशत र जटिलता (Complexity) १५ प्रतिशत रहने फ्रेमवर्कमा उल्लेख छ। यी सूचकहरूले बैंकको कुल एक्स्पोजर, वित्तीय क्षेत्रमा सम्पत्ति र दायित्वको अनुपात, भुक्तानी प्रणालीमा भूमिका, ट्रेडिङ गतिविधि तथा सीमा–पार कारोबारलाई स्पष्ट पार्ने राष्ट्र बैंकका अधिकारीले जानकारी दिएका छन्।

केन्द्रीय बैंकले प्रणालीगत स्कोरको आधारमा ती बैंकहरूलाई ०.२० देखि १ प्रतिशतसम्म ‘हाइअर लस एब्जरबेन्सी’ पूँजी थप गर्न निर्देशन दिन सक्नेछ। थप गरिएको पूँजी आगामी २०८३ पुसदेखि लागू हुनेछ।

राष्ट्र बैंकले फ्रेमवर्क लागू गरेर देशका बैंकिङ प्रणालीको स्थायित्व बढाउने, वित्तीय प्रणालीमा जोखिम न्यून गर्ने र संभावित संकटबाट सुरक्षित राख्ने लक्ष्य राखेको छ।

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech