Development Bank

Sub Index

बैंकिङ

सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा: बोनस शेयर र नगद लाभांश पारित

November 28th 2025

0

0 shares

 सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा: बोनस शेयर र नगद लाभांश पारित

नेपाली शेयर न्यूज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा मंसिर १२ गते अनुपम फुडल्यान्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ। सभाको अध्यक्षता बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेले गरेका थिए ।

सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित एन.एफ.आर.एस. अनुसार तयार वित्तीय विवरणमा वासलात, नाफा–नोक्सानी तथा नगद प्रवाह विवरण समावेश गरिएको थियो।

साधारण सभाले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ। बैंकले आर्थिक वर्ष ०६५/६६ देखि लगातार लाभांश वितरण गर्दै आएको छ भने १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत रहेको छ।

सभाका अध्यक्षले शेयरधनीबाट प्राप्त सुझावअनुसार बैंकको कामकाज सञ्चालन हुने र भविष्यमा अझ प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। साथै संस्थागत सुशासन र अनुपालन उच्चस्तरमा राख्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

बैंकले हालसालै फोनपे सहकार्यमा नेपालमै पहिलो “सिटिजन्स फोनपे क्रेडिट कार्ड”, नवयुवालाई लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट”, “सिटिजन्स डिजी बैंक सेवा” लगायतका अनलाइन प्लेटफर्म र सेवाहरू सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरहरूका लागि विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” सुरु गरिएको छ।

सिटिजन्स बैंक देशैभर २०० शाखा, १६९ ए.टी.एम., ३ विस्तारित काउन्टर र ४२ शाखा रहित बैंकिङ इकाइ मार्फत १९ लाख ५६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

 सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा: बोनस शेयर र नगद लाभांश पारित

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech