अन्तर्राष्ट्रिय बजार

ब्याजदर घटेसँगै भारतीय शेयर बजारमा हरियाली

December 5th 2025

0

0 shares

ब्याजदर घटेसँगै भारतीय शेयर बजारमा हरियाली


नेपाली शेयर न्यूज/ भारतीय रिजर्भ बैंक (आरबीआई) ले प्रमुख ब्याजदर (रेपो दर) घटाएपछि शेयर बजारमा हरियाली छाएको छ । शुक्रबार बजार कारोबार बढेर बन्द भयो । बीएसई सेन्सेक्स ४४७.०५ अंक (०.५२%) बढेर ८५,७१२.३७ मा बन्द भयो भने एनएसई निफ्टी १५२.७० अंक (०.५९%) बढेर २६,१८६.४५ मा पुगेको छ।


आरबीआईले रेपो दर ०.२५% ले घटाएर ५.२५% मा झारेको छ। डिसेम्बर ३ देखि ५ सम्म बसेको मौद्रिक नीति समितिको बैठकपछि गभर्नर संजय मल्होत्राले डिसेम्बर ५ मा निर्णय सार्वजनिक गरेका हुन्। रेपो दर घटेपछि बैंकहरूले सस्तो ऋण पाउने र यसको फाइदा ग्राहकले लिने भएकाले आगामी दिनमा घर, अटो लगायतका ऋण सहज र सस्ता हुने अपेक्षा गरिएको छ।


वित्तीय क्षेत्रका विश्लेषकका अनुसार २० लाख रुपैयाँको २० वर्षे ऋणको ईएमआई करिब ३१० रुपैयाँ घट्नेछ भने ३० लाख रुपैयाँ ऋणमा ४६५ रुपैयाँसम्म घट्नेछ। यसले नयाँ र पुराना दुवै ऋणग्राहीलाई राहत पुर्‍याउनेछ। ब्याजदर कटौतीसँगै आवास क्षेत्रमा माग बढ्नेछ। कम ब्याजदरले घरजग्गामा लगानी गर्ने निर्णय सहज बनाउने भएकाले निर्माण र रियल–इस्टेट क्षेत्रमा सकारात्मक गतिशीलता आउने अपेक्षा गरिएको छ। आरबीआईले यस वर्ष कुल चार पटक रेपो दर घटाएर ६.५% बाट ५.२५% मा ल्याएको छ। फेब्रुअरी, अप्रिल, जुन र डिसेम्बरमा गरिएको कटौतीमार्फत करिब १.२५% ले दर घटाइएको हो।


ब्याजदर घटेसँगै भारतीय शेयर बजारमा हरियाली

Leave a Comment

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech