Sub Index

शेयर शिक्षा

Daily Market Update

बजारमा करेक्सन जारीः अबको डिमाण्ड जोन कता ?(प्राविधिक विश्लेषणसहित)

December 3rd 2025

0

0 shares

बजारमा करेक्सन जारीः अबको डिमाण्ड जोन कता  ?(प्राविधिक विश्लेषणसहित)

नेपाली शेयर न्यूज । साताको कारोबारको अन्तिम दिन(बिहीबार सार्वजनिक बिदा)बुधबार शेयर बजार १३.५२ अंकले घटेर २६३१ अंकमा पुगेको छ । योसँगै लगातार चौथो कारोबार दिन बजार ओरालो लागेको हो ।

अघिल्लो साता शेयर बजारमा हरियाली छाएपनि यो साता भने कारोबारको पहिलो दिनदेखि नै बजारमा निरन्तर करेक्सन आइरहेको छ । सूचक घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ । आज ७४ कम्पनीको मूल्य बढ्दा १७७ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

उद्योग समूहतर्फ फाइनान्स समूह सबैभन्दा धेरै १.५९ प्रतिशतले बढ्यो। फाइनान्ससँगै होटल तथा पर्यटन ०.५२ र उत्पादन तथा प्रशोधन समूह ०.२४ प्रतिशतले बढेका छन्। त्यसैगरी जीवन बीमा समूह १.१८ प्रतिशतले घट्दै सबैभन्दा धेरै ओरालो लाग्यो। बैंकिङ, विकास बैंक, हाइड्रोपावर, लगानी, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समूहमा पनि सामान्य गिरावट देखियो। बुधबार पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। सागर डिस्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकको मूल्य सर्किट लेभलमा पुगेका हुन्।

त्यसैगरी ओम मेगाश्री फर्मास्युटिकल्स, बुङ्गल हाइड्रोपावर, हिमस्टार उर्जा, बन्दीपुर केबुलकार र माबिलुङ इनर्जीको मूल्य पनि उल्लेख्य वृद्धि भएको छ। सामलिङ पावरको मूल्य २.८५ प्रतिशतले घट्दै आज सबैभन्दा धेरै घट्ने कम्पनीमा प¥यो।

अबको डिमाण्ड जोन कता ?

शेयर बजारमा पछिल्लो पटक आएको गिरावटलाई सामान्य टेक्निकल करेक्सनका रूपमा लिन सकिन्छ । बजारले पछिल्लो समय मुभिङ एभरेज च्यानल ब्रेक गरेपछि सूचकले तल्लो ट्रेन्डलाइनलाई परीक्षण गर्ने सम्भावना रहेको अनुमान गरिएको थियो । हाल बजारको चाल त्यही पूर्वानुमान अनुसारको प्याटर्नमा भइरहेको छ ।

बजारको नजिकको डिमाण्ड जोन मंगलबारको ट्रेन्डलाइनकै क्षेत्रमा रहेको छ । सूचकले सुरुमा दिएको वाइ सिग्नल पछिल्लो चरणसम्म कायम रहँदै आएको र बजार हाइयर–हाई र हाइयर–लो को संरचनामा छ । समग्रमा बजारको ट्रेन्ड बिग्रिएको छैन । हालको करेक्सनलाई बियरिस संकेतका रूपमा नबुझि सकारात्मक ट्रेन्डनै कायम रहेको देख्न सकिन्छ । एक घण्टाको मुभिङ एभरेज च्यानल ब्रेकपछि ट्रेन्डलाइनलाई पुनः भिजिट गर्ने सम्भावना बढेको मात्र हो, बजारमा कुनै गम्भीर नकारात्मक परिवर्तन भने आएको छैन ।

बुधबार टप टेन ब्रोकरमध्ये कसले कति कारोबार गरे ?

बजारमा करेक्सन जारीः अबको डिमाण्ड जोन कता  ?(प्राविधिक विश्लेषणसहित)

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech