general

शेयर शिक्षा

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

December 16th 2025

0

0 shares

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

नेपाली शेयर न्यूज । नेपाल धितोपत्र बोर्डले World Investor Week 2025 को अवसरमा लगानीकर्ता सचेतना सन्देश जारी गर्दै लगानीकर्तालाई जानकारीपूर्ण र सुरक्षित रहन आग्रह गरेको छ। “Stay informed. Stay protected.” भन्ने नारासहित बोर्डले लगानी सुरक्षाका उपायहरू अपनाउन जोड दिएको छ।

बोर्डले आफूसँग कागजी प्रमाणपत्रका रूपमा रहेका धितोपत्रलाई कारोबार योग्य बनाउन बोर्डबाट अनुमति प्राप्त निक्षेप सदस्य (डीपी) मार्फत अनिवार्य रूपमा अभौतिकीकरण (डिम्याट) गर्न आग्रह गरेको छ। कागजी धितोपत्र अभौतिकीकरण नगर्दा कारोबार, हस्तान्तरण तथा सुरक्षामा समस्या आउन सक्ने भन्दै समयमै डिम्याट गर्न बोर्डले सचेत गराएको छ।

नेपाल धितोपत्र बोर्डका अनुसार अभौतिकीकरण प्रक्रियाले धितोपत्रको सुरक्षित भण्डारण, छिटो कारोबार, पारदर्शिता र जोखिम न्यूनीकरणमा सहयोग पुग्छ। यसले लगानीकर्तालाई ठगी, हराउने वा नक्कली प्रमाणपत्रको जोखिमबाट जोगाउने विश्वास बोर्डले व्यक्त गरेको छ।

विश्व लगानीकर्ता सप्ताह २०२५ अन्तर्गत बोर्डले लगानीकर्ता शिक्षा, सचेतना तथा संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। बोर्डले सबै लगानीकर्तालाई जानकारीमा रहन, अधिकार बुझ्न र सुरक्षित लगानी अभ्यास अपनाउन आह्वान गरेको छ।

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

Leave a Comment

Related News

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

NEPSE बजार विश्लेषण

NEPSE बजार विश्लेषण

नेप्से विश्लेषण: २५८० बाट 'यू-टर्न', अब ट्रेन्डलाइन ब्रेकआउटको प्रतीक्षा

नेप्से विश्लेषण: २५८० बाट 'यू-टर्न', अब ट्रेन्डलाइन ब्रेकआउटको प्रतीक्षा

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech