Development Bank

Sub Index

बैंकिङ

कर्णाली डेभलपमेन्ट बैंकको २५ शेयरधनीको शेयर खारेज

November 21st 2025

0

9 shares

कर्णाली डेभलपमेन्ट बैंकको २५ शेयरधनीको शेयर खारेज

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले हकप्रद सेयर खरिदका क्रममा निक्षेपकर्ताको रकम दुरुपयोग भएको पुष्टि भएपछि अवैध रूपमा देखिएको चुक्ता पुँजी घटाउने प्रक्रिया सुरु गरेको छ। बैंकका ३५ जना व्यक्तिले हकप्रद सेयर भुक्तानी गर्दा आफ्नै रकम प्रयोग नगरी निक्षेपकर्ताको रकम प्रयोग गरेको खुलेपछि ती व्यक्तिका नाममा रहेका सेयर खारेज गरी चुक्ता पुँजीमै समायोजन गर्न लागिएको हो।

सेयर खारेज भएपछि बैंकको स्वामित्व संरचना ठूलो मात्रामा प्रभावित हुनेछ। संस्थापक समूहका शेयरधनीको सेयर संख्या २१ लाख ३६ हजार कित्ताबाट घटेर २१ हजार ३६० कित्तामा सीमित हुनेछ। त्यस्तै, १२ हजार ८८४ कित्ता सेयर भएका एक शेयरधनीका सेयर १२६ कित्तामा झर्नेछ।

नेपाल राष्ट्र बैंकले २०८१ मंसिर १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन समूह नियुक्त गरेको थियो। त्यसपछि गरिएको सम्पत्ति तथा दायित्व मूल्याङ्कनले बैंकको चुक्ता पुँजी क्षय भइसकेको र सम्पत्तिले दायित्व नखाम्ने अवस्था देखाएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम अवैध भुक्तानी गरिएको सेयर खारेजी र चुक्ता पुँजी समायोजन गर्ने निर्णयसँगै २०८२ कात्तिक १ गते सार्वजनिक सूचना प्रकाशित गरिएको बैंकले जनाएको छ।

कर्णाली डेभलपमेन्ट बैंकको २५ शेयरधनीको शेयर खारेज

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech