Nepse

Sub Index

शेयर बजार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

November 18th 2025

0

0 shares

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

काठमाडौं । सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को पुनर्संरचना गर्ने भएको छ । सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित प्रकाशजंग केसीको नेतृत्वमा अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको हो।


सरकारले लामो समयदेखि उठ्दै आएको ‘नेप्से सुधार’ सम्बन्धी आवश्यकता, बजार विस्तार, प्राविधिक सुदृढीकरण तथा नियमन–व्यवस्थापनको संरचनामा पुनःसंरचना आवश्यक ठहर गर्दै यसपटक औपचारिक रूपमा अध्ययन प्रक्रिया अघि बढाएको हो। समिति गठनसँगै नेप्सेको संस्थागत स्वरूप, दक्षता, सरकारी स्वामित्व मोडेल, सेयर बजारको समग्र शासन प्रणाली तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार संरचना पुनःनिर्माणको सम्भावनाबारे प्रतिवेदन तयार पारिनेछ।


आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल स्टक एक्स्चेन्जको पुर्नसंरचना गरी पूँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिने घोषणा गरेका थिए। यस्तै पुँजी बजार सुधार सुझाव कार्य दलले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनःसंरचनाका लागि प्रारम्भिक सार्वजनिक निष्काशन प्रक्रियामार्फत पुँजी वृद्धि गर्ने प्रक्रिया सुरूआत गर्न सुझाव दिएको थियो ।


नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Leave a Comment

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech