Micro Finance

Sub Index

शेयर बजार

आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

December 7th 2025

0

0 shares

आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


नेपाली शेयर न्यूज । आशा लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज मंसिर २२ गते हुने भएको छ। यस अनुसार मंसिर २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र संस्थाबाट लाभांश प्राप्त गर्ने र साधारणसभामा सहभागी हुन सक्नेछन्।


संस्थाले आफ्नो नवौं वार्षिक साधारणसभा पुस ४ गते काभ्रेको धुलिखेल–६ स्थित होटल अरनिकोमा दिउँसो २ बजेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। उक्त लाभांशमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश समावेश रहेको छ।


सभा मार्फत अन्य लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया अगाडि बढाउन आवश्यक सबै अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गरिनेछ। साथै नियमनकारी निकायबाट प्राप्त सुझाव समेटेर प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अधिकार पनि समितिलाई प्रदान गरिनेछ। सभाले गत आर्थिक वर्षको लेखापरीक्षक प्रतिवेदन तथा सञ्चालक समितिको वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ। साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।


आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Leave a Comment

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech