Nepse

लगानी अवसर

HydroPower

Sub Index

शेयर बजार

भुजुङ्ग हाइड्रोपावरले माघ १२ देखि सर्वसाधारणका लागि आईपीओ खुला गर्दै

January 17th 2026

0

0 shares

भुजुङ्ग हाइड्रोपावरले माघ १२ देखि सर्वसाधारणका लागि आईपीओ खुला गर्दै

Nepali Share News l

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आगामी माघ १२ गते देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्कासन गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि प्रक्रिया अघि बढाएको हो।


मुख्य विवरणहरू:

  1. निष्कासन मिति: २०८२ माघ १२ देखि
  2. कित्ता संख्या: कुल ८,३०,००० कित्ता (सर्वसाधारणका लागि)।
  3. आवेदन सीमा: न्यूनतम १० कित्ता र अधिकतम ५०,००० कित्ता।
  4. बिक्री प्रबन्धक: कुमारी क्यापिटल लिमिटेड।
  5. आवेदन दिने माध्यम: सि-आस्बा (C-ASBA) प्रणाली मार्फत।


यस कम्पनीले लमजुङमा ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाबाट २०८१ वैशाख ६ गतेदेखि नै व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब २४ करोड ९० लाख रुपैयाँ रहेको छ।

भुजुङ्ग हाइड्रोपावरले माघ १२ देखि सर्वसाधारणका लागि आईपीओ खुला गर्दै

Leave a Comment

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech