साधारणसभा

HydroPower

Sub Index

शेयर बजार

बुटवल पावर कम्पनीले बोलायो ३३औँ वार्षिक साधारणसभा: यस्ता छन् एजेण्डा

December 19th 2025

0

0 shares

बुटवल पावर कम्पनीले बोलायो ३३औँ वार्षिक साधारणसभा: यस्ता छन् एजेण्डा

नेपाली शेयर न्यूज । बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो ३३औँ वार्षिक साधारणसभा पुस २८ गते आयोजना गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त मितिमा साधारणसभा बोलाउने निर्णय गरेको हो।


सभा काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो २ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि वितरण गर्ने प्रस्ताव गरिएको हाल कायम चुक्त पुँजीको ६ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।


यसका साथै सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्ने कार्यसूची तय गरिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सोही सभाबाट अनुमोदन गरिनेछ।


त्यसैगरी, कम्पनीले विभिन्न संस्था तथा व्यक्तिलाई दिएको आर्थिक सहयोगबापतको ९ लाख ८७ हजार २०० रुपैयाँ स्वीकृत गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।


लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १५ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

बुटवल पावर कम्पनीले बोलायो ३३औँ वार्षिक साधारणसभा: यस्ता छन् एजेण्डा

Leave a Comment

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech