बैंकिङ

विचार/अन्तरवार्ता

गभर्नर भन्छन्,‘कोल्याटरल बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो’

December 7th 2025

0

0 shares

गभर्नर भन्छन्,‘कोल्याटरल बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो’

नेपाली शेयर न्यूज । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले धितो (कोल्याटरल) दुरुपयोग गरी व्यक्तिगत लाभ लिन खोज्ने कार्यलाई ‘भ्रष्टाचार’को रूपमा व्याख्या गर्दै त्यसलाई राष्ट्र बैंकले कडाइका साथ नियन्त्रण गर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारणसभामा बोल्दै गभर्नर पौडेलले यस्तो गतिविधि देखिए बैंक तथा वित्तीय क्षेत्रमै जोखिम बढ्ने भएकाले नियामक निकाय कठोर हुनेछ भन्ने चेतावनी दिए। उनका अनुसार 'जबरजस्ती अर्काको कोल्याटरल बेचेर फाइदा उठाउन खोज्नु पार्ट अफ करप्सन हो, राष्ट्र बैंकले यसलाई क्षम्य मान्दैन।'

गभर्नर पौडेलले सरकारी बैंकमा हस्तक्षेप गर्ने गलत प्रवृत्तिले जोखिम बढाउने बताउँदै निजी बैंकको हकमा यस्तो दुरुपयोग देखिए कडाइका साथ कारबाही गरिने उल्लेख गरे। गभर्नर पौडेलले बैंकहरूको नाफा र लगानी वातावरणलाई सहज बनाउन मौद्रिक नीतिमा परिमार्जन गरिएको जानकारी दिए। उनले महानगर क्षेत्रका बैंक शाखा ‘मेरजर/रिस्ट्रक्चर’ गर्ने सम्भावना खुला गरिदिएको उल्लेख गर्दै डिजिटल कारोबार, लगानी र नाफा वृद्धि तर्फ ध्यान दिन बैंकहरूलाई प्रोत्साहन गरिएको बताए।

वित्तीय क्षेत्रमा थुप्रिएको पुँजी अर्थतन्त्रमा प्रवाह गर्न राष्ट्र बैंक केन्द्रित रहेको बताउँदै उनले “सही र गलत छुट्याउने नीतिगत आधार” तयार भइरहेको स्पष्ट पारे। बैंक तथा वित्तीय संस्थाको गुनासो र चुनौतीलाई आधार मानेर नीति निर्माण गरिने उनको भनाइ छ। गभर्नर पौडेलले देशमा आर्थिक मनोबल कमजोर भएपछि निराशा बढेको उल्लेख गर्दै अलैँची जस्ता सकारात्मक निर्यात क्षमतायुक्त क्षेत्रमा प्राथमिकता दिनुपर्ने सुझाब दिए। “हाम्रा आर्थिक नीतिहरू बलिया छन्, मनोबल कमजोर छ। राम्रो काममा केन्द्रित हुन सके गति समातिन्छ,” उनले भने।

उनले सम्पत्ति र अवसर नभएजस्तो ठान्ने मानसिकताले युवालाई विदेश पठाउने प्रवृत्ति बढेको भन्दै उनीहरूलाई फर्काउनु तर राजनीतिक दाउपेचमा नलागाउनु पर्नेमा जोड दिए। गभर्नर पौडेलका अनुसार कालोसूचीको वर्तमान मोडलले सबैलाई एकै थुप्रोमा राखेको जस्तो प्रभाव पारेकाले यसबारे पुनरावलोकन भइरहेको छ। उनले निर्माण क्षेत्रमा माइक्रोफाइनान्स जस्तो “समूहगत दण्ड” प्रणाली लागू हुँदा राम्रा व्यवसाय पनि प्रभावित भएको बताए। गभर्नर पौडेलले आर्थिक सुधार क्रमिक रूपमा अघि बढ्ने उल्लेख गर्दै “फेलियर व्यवसायको हिस्सा” भएकाले प्रतिकूलताबाट सिकेर अघि बढ्नुपर्ने बताए।

गभर्नर भन्छन्,‘कोल्याटरल बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो’

Leave a Comment

Related News

ग्लोबल आइएमई लघुवित्तको दोस्रो त्रैमास: ब्याज आम्दानी बढे पनि प्रोभिजनिङले घटायो नाफा

ग्लोबल आइएमई लघुवित्तको दोस्रो त्रैमास: ब्याज आम्दानी बढे पनि प्रोभिजनिङले घटायो नाफा

कर्पाेरेट डेभलपमेन्ट बैंकको १८ औँ साधारणसभा आह्वान: मर्जर र सेयर स्वामित्व परिवर्तन मुख्य एजेण्डा

कर्पाेरेट डेभलपमेन्ट बैंकको १८ औँ साधारणसभा आह्वान: मर्जर र सेयर स्वामित्व परिवर्तन मुख्य एजेण्डा

नाफा र व्यवसाय बढाउँदै माछापुच्छ्रे बैंक; प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार

नाफा र व्यवसाय बढाउँदै माछापुच्छ्रे बैंक; प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार

प्रभु बैंकद्वारा ७ लाख २७ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री खुला

प्रभु बैंकद्वारा ७ लाख २७ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री खुला

पाल्पा सिमेन्टको आईपीओमा स्थानीयको असन्तुष्टि: आईपीओ सुरु हुनुअघि नै विवादको घेरामा

पाल्पा सिमेन्टको आईपीओमा स्थानीयको असन्तुष्टि: आईपीओ सुरु हुनुअघि नै विवादको घेरामा

एनएमबि बैंक र साना किसानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि बैंक र साना किसानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech