Micro Finance

साधारणसभा

Sub Index

शेयर बजार

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको १०८औँ बैठकको निर्णय: लाभांश वितरण नगर्ने

January 7th 2026

0

0 shares

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको १०८औँ बैठकको निर्णय: लाभांश वितरण नगर्ने

Nepali Share News l

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले यस पटक आफ्ना सेयरधनीहरूको हात खाली राख्ने भएको छ। संस्थाको १०८औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने सर्वसम्मत निर्णय गरेको हो।

संस्थाका अनुसार विगत केही समयदेखि लघुवित्त क्षेत्रमा देखिएको असहज परिस्थिति र कर्जा नतिर्ने बढ्दो प्रवृत्तिले वित्तीय सन्तुलनमा असर पारेको छ। बजारमा देखिएको आर्थिक मन्दी र सामूहिक जमानीको अवधारणा कमजोर हुँदा कर्जा असुलीमा समस्या देखिएको संस्थाको ठहर छ। आम्दानीको ठूलो हिस्सा खराब कर्जा व्यवस्थापनमा खर्च गर्नुपरेकाले र नगद प्रवाहमा समस्या आएकाले राष्ट्र बैंकको नीति बमोजिम लाभांश वितरण नगर्ने निष्कर्षमा पुगिएको संस्थाले जनाएको छ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको १०८औँ बैठकको निर्णय: लाभांश वितरण नगर्ने

Leave a Comment

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech