Nepse

लगानी अवसर

Sub Index

शेयर बजार

Manufacturing and Processing

सर्वसाधारणका लागि पाल्पा सिमेन्टको आईपीओ फागुन १२ देखि खुल्दै

February 11th 2026

0

0 shares

सर्वसाधारणका लागि पाल्पा सिमेन्टको आईपीओ फागुन १२ देखि खुल्दै

Nepali Share News l

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (IPO) निष्काशन गर्ने भएको छ। स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले अब फागुन १२ गतेदेखि आम लगानीकर्ताका लागि आवेदन खुल्ला गर्न लागेको हो। निष्काशनसम्बन्धी मुख्य जानकारीहरू

  1. सेयर संख्या: ४५ लाख कित्ता (सर्वसाधारणका लागि)।
  2. मूल्य: १०० रुपैयाँ प्रतिसेयर।
  3. आवेदन सीमा: न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता।
  4. निष्कासन अवधि: छिटोमा फागुन १५ र ढिलोमा फागुन २६ गतेसम्म।
  5. बिक्री प्रबन्धक: नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड।
  6. रेटिङ्ग: इन्फोमेरिक्स नेपालद्वारा 'IRN Double B Plus' प्रदान (मध्यम जोखिम)।

लगानीकर्ताहरूले सि-आस्बा (C-ASBA) प्रणालीमार्फत आफ्नो बैंक खाता रहेको बैंक तथा वित्तीय संस्था वा 'मेरो सेयर' को वेबसाइट र एप प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन्।

सर्वसाधारणका लागि पाल्पा सिमेन्टको आईपीओ फागुन १२ देखि खुल्दै

Leave a Comment

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech