लगानी अवसर

Sub Index

शेयर बजार

प्रभु स्टील्सको ४३ लाख कित्ता सेयर लिलामीमा: न्यूनतम मूल्य ७५ रुपैयाँ

January 20th 2026

0

3 shares

प्रभु स्टील्सको ४३ लाख कित्ता सेयर लिलामीमा: न्यूनतम मूल्य ७५ रुपैयाँ

Nepali Share News l

प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आफ्ना बिक्री नभएका हकप्रद सेयरहरू लिलामी प्रक्रिया (Auction) मार्फत बिक्री खुला गरेको छ।

यसअघि कम्पनीले ५० रुपैयाँका दरले हकप्रद सेयर जारी गर्दा पनि बिक्री नभई बाँकी रहेका ४३ लाख १७ हजार ५० कित्ता सेयर अहिले लिलामीमा राखिएको हो।

लगानीकर्ताले जान्नैपर्ने मुख्य कुराहरू:

  1. न्यूनतम मूल्य: कम्पनीले सेयरको न्यूनतम मूल्य ७५ रुपैयाँ तोकेको छ। तसर्थ, बोलपत्र पेश गर्दा ७५ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबुल गर्नुपर्नेछ।
  2. आवेदन दिने समय: इच्छुक लगानीकर्ताले २०८२ माघ ६ गतेदेखि माघ २० गतेसम्म आवेदन दिन सक्नेछन्।
  3. को–को सहभागी हुन पाउँछन्?: यो लिलामीमा सर्वसाधारण व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले भाग लिन पाउनेछन्।
  4. कति कित्ताका लागि आवेदन दिने?:
  5. न्यूनतम: १,००० कित्ता
  6. अधिकतम: लिलामीमा आएका सम्पूर्ण कित्ता
  7. फारम पाइने र बुझाउने स्थान: आवेदन फारम कम्पनीको केन्द्रीय कार्यालय, तिनकुने, काठमाडौं बाट १०० रुपैयाँ तिरेर प्राप्त गर्न तथा बुझाउन सकिन्छ।


प्रभु स्टील्सको ४३ लाख कित्ता सेयर लिलामीमा: न्यूनतम मूल्य ७५ रुपैयाँ

Leave a Comment

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech