Sub Index

शेयर बजार

Manufacturing and Processing

रिलायन्स स्पिनिङको आईपीओ: ३ सदस्यीय छानबिन समिति गठन

December 19th 2025

0

1 shares

रिलायन्स स्पिनिङको आईपीओ: ३ सदस्यीय छानबिन समिति गठन

नेपाली शेयर न्यूज । रिलायन्स स्पिनिङ मिल्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रियामा अनियमितता भएको आरोपको छानबिन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समिति बनाएको छ।


सेबोनको शुक्रबार बसेको बोर्ड बैठकले बोर्ड सदस्य विनोदकुमार भट्टराईको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा बोर्ड सदस्य आनन्दराज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्य रहेका छन्।


आवश्यक परे समितिले अन्य विज्ञ वा सम्बन्धित व्यक्तिलाई पनि आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ। रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रियामा अनियमितता भएको भन्दै अर्थ मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले सेबोनलाई छानबिन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार सेबोनले समिति गठन गरेको हो।


कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ निष्कासन गरिसकेको छ भने बाँडफाँटसमेत सम्पन्न भइसकेको छ। रिलायन्सले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरमा आईपीओ बिक्री गरेको थियो।

रिलायन्स स्पिनिङको आईपीओ: ३ सदस्यीय छानबिन समिति गठन

Leave a Comment

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech