Sub Index

शेयर बजार

Manufacturing and Processing

रिलायन्स स्पिनिङ मिल्सको आईपीओविरुद्धको रिट दरपिठ

December 9th 2025

0

0 shares

रिलायन्स स्पिनिङ मिल्सको आईपीओविरुद्धको रिट दरपिठ

नेपाली शेयर न्यूज । रिलायन्स स्पिनिङ मिल्सले निष्काशन गरेको आईपीओ प्रक्रिया रद्द गर्न माग गर्दै सर्वोच्च अदालत पुगेको रिट दरपिठ भएको छ। नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कँडेल र अर्का व्यक्तिले सोमबार रिट निवेदन पेश गरेका थिए। तर, मंगलबार सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले रिट दरपिठ गर्ने आदेश दिएका छन्।


रजिष्ट्रार कार्कीले आदेशमा भनेका छन् सो रिट पहिले नै उच्च अदालत पाटनमा दर्ता भएर फैसला भइसकेको छ, त्यसैले सर्वोच्च अदालतको अधिकारक्षेत्रमा दर्ता गर्न नमिल्ने उल्लेख गरिएको छ। यसअघि उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्दै नेपाल धितोपत्र बोर्डले अवरुद्ध आईपीओ प्रक्रिया सुरु गर्न स्वीकृति दिएको थियो। त्यसपछि रिलायन्सले सोमबारदेखि विदेशमा बस्ने नेपालीका लागि आईपीओ खुला गरेको थियो।


आईपीओ निष्काशनको पहिलो दिन नै आवेदन मागभन्दा ५.१ गुणा बढी परेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताका लागि छुट्याएको १ लाख १५ हजार ५९६ कित्ताको शेयरमा ५ लाख ८९ हजार ८५० आवेदन परेको छ। वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले मंसिर २५ गतेसम्म आवेदन दिन सक्नेछन्।


कम्पनीको प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा तय गरिएको छ। संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ भएको थियो। त्यसमा १० प्रतिशत छुट दिँदा प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो। लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन बन्द हुने मिति मंसिर २५ तोकिएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

रिलायन्स स्पिनिङ मिल्सको आईपीओविरुद्धको रिट दरपिठ

Leave a Comment

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech