नेपाली शेयर न्यूज ।
रिज लाइन इनर्जी लिमिटेडले आज (पुस १३, २०८२) देखि आफ्नो प्राथमिक सेयर (IPO) निष्कासन खुल्ला गरेको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मात्र सेयर खुला गरेको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि:
- सुरु हुने मिति: २०८२ पुस १३ गते
- अन्तिम मिति: २०८२ पुस १७ गते (बैंकिङ समयसम्म)
आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि:
- सुरु हुने मिति: २०८२ पुस १३ गते
- अन्तिम मिति: २०८२ पुस २८ गते
मुख्य विवरणहरू:
- नेपाल धितोपत्र बोर्डबाट कम्पनीले कुल २ करोड ६७ लाख रुपैयाँ बराबरको (२,६७,००० कित्ता) सेयर निष्कासन गर्ने अनुमति पाएको छ।
- यसमध्ये प्रभावित क्षेत्रका स्थानीयका लागि ११ करोड ८५ लाख (१,१८,५०० कित्ता) छुट्याइएको छ।
- वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि आफ्नो कोटा अनुसार आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाहरूले आफ्नो क्षेत्रको तोकिएको केन्द्रबाट र वैदेशिक रोजगारीमा रहेकाहरूले मेरो सेयर (MeroShare) मार्फत आवेदन दिन सक्नेछन्।



























