साधारणसभा

HydroPower

Sub Index

शेयर बजार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश प्रस्ताव

December 19th 2025

0

0 shares

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश प्रस्ताव

नेपाली शेयर न्यूज । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने निर्णय गरेको हो।


हाल कायम चुक्त पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २०० रुपैयाँका आधारमा कम्पनीले कुल १५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्नेछ। यसअनुसार नगद लाभांशबापत ३९ करोड ३९ लाख ५७ हजार ७३० रुपैयाँ शेयरधनीलाई वितरण गरिनेछ।


कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीलाई वितरण गरिनेछ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश प्रस्ताव

Leave a Comment

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech