Hotel and Tourism

साधारणसभा

Sub Index

शेयर बजार

आईपीओ निष्कासन गर्न सिद्धार्थ केवलकारले बोलायो साधारण सभा

December 2nd 2025

0

0 shares

आईपीओ निष्कासन गर्न सिद्धार्थ केवलकारले बोलायो साधारण सभा


नेपाली शेयर न्यूज/ सिद्धार्थ केवलकार लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न आगामी पुस २७ गते साधारण सभा आह्वान गरेको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सभा गर्ने निर्णय गरेको हो ।


सभामा सर्वसाधारणलाई आईपीओ जारी गर्ने, आईपीओबाट जुट्ने सेयर पूँजीको प्रयोजन तोक्ने तथा नियामक निकायले आवश्यक परेमा संशोधन गर्न निर्देशन दिएमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।


त्यसैगरी, कम्पनी तथा यसको सहायक कम्पनीहरू हिलसाइड भिलेज रिसोर्ट, ऋषि कालदेवल पर्यटन कम्पनी र नुवाकोटगढी पर्यटन कम्पनीका वित्तीय विवरणहरू सहितको एकीकृत वित्तीय विवरण समेत सभाले पारित गर्नेछ । कम्पनीले आईपीओ निष्कासनको तयारीसँगै व्यवसाय विस्तार तथा परियोजना सुदृढीकरणका लागि पूँजी जुटाउने उद्देश्य राखेको जनाइएको छ ।

आईपीओ निष्कासन गर्न सिद्धार्थ केवलकारले बोलायो साधारण सभा

Leave a Comment

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech