Nepali Share News l
सुपरमाई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई आकर्षक प्रतिफल दिने निर्णय गरेको छ। २०८२ माघ २० मा बसेको सञ्चालक समितिको बैठकले तय गरेका मुख्य बुँदाहरू यस प्रकार छन्:
- कुल लाभांश: २१.११ प्रतिशत (कर सहित)।
- बोनस सेयर: हालको चुक्ता पूँजीको २० प्रतिशत।
- नगद लाभांश: कर प्रयोजनका लागि १.११ प्रतिशत।
- हकप्रद सेयर (Right Share): बोनस सेयर वितरणपछि कायम हुने पूँजीमा १:१ (१०० प्रतिशत) को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव।
प्रक्रिया: यो प्रस्ताव विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।



























