Nepse

लगानी अवसर

HydroPower

Sub Index

शेयर बजार

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ सर्वसाधारणका लागि खुला

February 1st 2026

0

0 shares

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ सर्वसाधारणका लागि खुला

Nepali Share News l

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (माघ १८ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (IPO) निष्कासन गरेको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ढोका खोलेको हो।

आईपीओ विवरण

  1. कुल निष्कासन: ५,७२,४३१ कित्ता (कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर बाँकी रहेको)
  2. आवेदन मिति: माघ १८ देखि माघ २१ सम्म
  3. कित्ता सीमा: न्यूनतम १० कित्ता देखि अधिकतम ५०,००० कित्ता सम्म
  4. मूल्य: प्रति कित्ता रु. १००
  5. बिक्री प्रबन्धक: कुमारी क्यापिटल लिमिटेड

विशेष जानकारी

केयर रेटिङ्स नेपालले यस कम्पनीलाई 'CARE-NP BB-' रेटिङ दिएको छ, जसले वित्तीय दायित्व पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। लगानीकर्ताहरूले सि-आस्वा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्था वा 'मेरो सेयर' मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ सर्वसाधारणका लागि खुला

Leave a Comment

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech