Micro Finance

साधारणसभा

Sub Index

शेयर बजार

स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभाः लाभांश र मर्जर प्रस्ताव मुख्य एजेण्डा

December 16th 2025

0

0 shares

स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभाः लाभांश र मर्जर प्रस्ताव मुख्य एजेण्डा

नेपाली शेयर न्यूज । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते शुक्रबार बिहान ११ बजे काठमाडौं, नक्सालस्थित लिसारा रिसेप्सन्समा २४औँ वार्षिक साधारणसभा बोलाएको छ।


साधारणसभाले सञ्चालक समितिको प्रस्ताव अनुसार हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस शेयर र ४.३६३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।


त्यसैगरी, हाल कायम संस्थापक शेयरमध्ये ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण शेयरको अनुपात ६०ः४० बाट ५१ः४९ कायम गर्ने, उपयुक्त वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न, र आवश्यक अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित हुने छ।


साधारणसभामा गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पनि पारित गरिनेछ। साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित हुने व्यवस्था गरिएको छ।


साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १३ गते बुक क्लोज गरिनेछ। यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।


स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभाः लाभांश र मर्जर प्रस्ताव मुख्य एजेण्डा

Leave a Comment

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech