Hotel and Tourism

HydroPower

Sub Index

शेयर बजार

सोल्टी र साहस ऊर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

November 20th 2025

0

0 shares

सोल्टी र साहस ऊर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सोल्टी होटल र साहस ऊर्जा लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी कम्पनीहरुको लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनार्थ मंसिर ५ गते बुक क्लोज गर्दैछन् ।

सोल्टी होटलले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १६.५७ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३१.५७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि यही मंसिर २८ गते काठमाडौं सुन्धारा, टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हलमा बिहान १० बजेदेखि एकाउन्नौं वार्षिक साधारणसभा बस्दैछ।


साहस ऊर्जाले भने आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र १.१० प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल २२.१० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ। यो निर्णय पारित गर्नका लागि यही मंसिर २४ गते बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहानको ११ बजेदेखि बाह्रौं वार्षिक साधारणसभा बस्दैछ ।

सोल्टी र साहस ऊर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Leave a Comment

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech