Nepse

शेयर शिक्षा

शेयर बजार

Daily Market Update

शेयर बजारमा सुधारः बुलिश संकेत, यस्तो छ टेक्निकल विश्लेषण

December 16th 2025

0

0 shares

शेयर बजारमा सुधारः बुलिश संकेत, यस्तो छ टेक्निकल विश्लेषण

नेपाली शेयर न्यूज । केही दिनदेखि घट्दै आएको शेयर बजार मंगलबार भने सुधार आएको छ । १८.३७ अंकको वृद्धिसहित नेप्से परिसूचक २,६१९ अंकमा बन्द भएको छ । दिनभरि नेप्से रातो नदेखिएपछि यो अंक नै आजको उच्चतम बनेको छ ।

मंगलबार १८७ कम्पनीको मूल्य बढ्दा ६१ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। अघिल्लो दिन ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भयो।

बजारमा सबै समूहका सूचक बढेका छन्। बैंकिङ ०.३५%, विकास बैंक १.५६%, फाइनान्स ०.४१%, होटल तथा पर्यटन १.४९%, जलविद्युत् ०.७७%, लगानी ०.६८%, जीव बीमा ०.६९%, उत्पादन तथा प्रशोधन ०.४६%, माइक्रोफाइनान्स ०.८६%, निर्जीवन बीमा ०.८९% र अन्य समूह १.१५% ले बढेका छन्। तर व्यापार समूहको सूचक ०.०१% ले घटेको छ।

टेक्निकल विश्लेषण

मंगलबारको शेयर बजार नेपाली शेयर न्यूजले अनुमान गरे अनुसार २५–२६ देखि २६ को जोनमा करेक्सन आउन सक्ने सम्भावना ठ्याक्कै देखिएको छ । त्यहाँबाट बजार तुरुन्त फर्केको भने होइन, अहिले बजारले नयाँ स्तरबाट फर्किने संकेत देखाएको छ ।

हालको चार्ट प्याटर्न हेर्दा बजारले हाइएयर–हाइएयर–हाइएयर–लो (Higher High – Higher Low) संरचना कायम राखेको छ। यसले लामो समयको अप्ट्रेन्ड (uptrend) संकेत गर्दछ। ट्रेन लाइन (Trend Line) पनि बजारले सम्मान गरेको देखिन्छ। माथि दिइएको चार्टको इमेजमा देखाइएको ट्रेन लाइन नजिक बाइवल स्ट्रल (below stall) राखेर केहि ट्रेड पोजिसनहरू लिन सकिन्छ।

यो ट्रेन लाइनभन्दा माथि रहेको बेला बजारले हाइएयर–हाइएयर र हाइएयर–लो संरचना कायम राख्ने सम्भावना छ। बजारको बुलिश प्याटर्न अझै कायम छ, जसले लगानीकर्तालाई सुरक्षित इन्ट्रि र बाइ–अप सिग्नल दिन्छ। डिमाण्ड जोनबाट बजारले Green Candle बनाएको छ, जसले बुलिश रिभर्सल वा सुधारको संकेत दिन्छ। यसर्थ, बजार हालको स्तरमा ट्रेडिङका लागि बुलिश छ । ट्रेन लाइनमाथि रहँदा लगानीकर्ताले छोटो-मध्यम अवधिको ट्रेड पोजिसन सुरक्षित रूपमा लिन सक्ने देखिन्छ ।

शेयर बजारमा सुधारः बुलिश संकेत, यस्तो छ टेक्निकल विश्लेषण

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech