Nepali Share News l
हाइल्याण्ड डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। उक्त निर्णय पारित गर्न कम्पनीले आगामी माघ २८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।
मुख्य खबरहरू
- साधारणसभाको मिति र स्थान: २०८२ माघ २८ गते, बिहान ११ बजे, कम्पनीको रजिष्टर्ड कार्यालय (हात्तिसार, काठमाडौं)।
- आईपीओ निष्कासन: सभाले प्रिमियम मूल्य, बुक बिल्डिङ वा अंकित मूल्यमध्ये एक विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
- लाभांश प्रस्ताव: गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८% नगद लाभांश वितरण गर्ने निर्णय भएको छ।
- अन्य एजेण्डा: सभामा आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विषयमा छलफल हुनेछ।



























