शेयर शिक्षा

शेयर बजार

Daily Market Update

शेयर बजार सकारात्मक ट्रेन्डमै(प्राविधिक विष्लेषणसहित)

November 30th 2025

0

0 shares

शेयर बजार सकारात्मक ट्रेन्डमै(प्राविधिक विष्लेषणसहित)

नेपाली शेयर न्यूज/ लगातार केही दिनदेखि बढिरहेको नेप्सेमा साताको पहिलो दिन २६.५१ अंकको करेक्सन देखिएको छ। नेप्से सूचक घट्दै २६४९.५२ विन्दुमा आएसँगै आज १ करोड ५७ लाख ३६ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। बजारमा आएको यो करेक्सन भने असामान्य होइन, प्राविधिक हिसाबले अपेक्षित करेक्सन मानिन्छ।

आज आएको करेक्सनको मुख्य कारण नेप्से सूचक २०० दिनको Moving Average नजिक पुगेपछि बनेको प्राविधिक resistance हो। २०० दिनको Moving Average करिब २६९० को लेभलमा रहेको थियो र यही क्षेत्रबाट बजारले रियाक्सन देखाएको हो। बजारले आजको दिनमा यो लेभल ब्रेकआउट गर्न नसक्दा स्वाभाविक रूपमा हल्का करेक्सन देखा परेको हो।

यदि नेप्सेले २०० दिनको Moving Average लाई सफलतापूर्वक ब्रेकआउट गरेमा बजार दीर्घकालीन रूपमा अपट्रेन्डमा रहेको पुष्टि हुनेछ। तर आज यो लेभल नटुटेका कारण बजारले सामान्य दबाब मात्र झेलेको विश्लेषण गरिएको छ। यसबीच बजारको समग्र ट्रेन्ड हेर्दा Higher High र Higher Low को संरचना यथावत् छ, जसले बजार अझै सकारात्मक ट्रेन्डमै रहेको संकेत गर्दछ। तलतिर २५८० देखि २६१० को क्षेत्र महत्वपूर्ण trendline support zone मानिन्छ।

बजार यो लेभलभन्दा माथि रहेसम्म बजारको ट्रेन्ड सकारात्मक नै रहने बताइएको छ। तर यदि बजारले यही सपोर्ट जोन ब्रेकडाउन गरिदियो भने मार्केट सेन्टिमेन्ट केही कमजोर हुन सक्ने संकेत देखिन्छ। सामान्य रूपमा २०० दिनको Moving Average बाट आएको रियाक्सन र हल्का करेक्सन बजारका लागि प्राकृतिक मानिन्छ र यसले दीर्घकालीन ट्रेन्डमा तत्काल ठूलो जोखिम देखाएको छैन।

शेयर बजार सकारात्मक ट्रेन्डमै(प्राविधिक विष्लेषणसहित)

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech