Nepse

शेयर शिक्षा

शेयर बजार

Daily Market Update

मुभिङ एभरेज ब्रेक आउटले बजार फर्किंने संकेत(विश्लेषणसहित)

December 10th 2025

0

0 shares

मुभिङ एभरेज ब्रेक आउटले बजार फर्किंने संकेत(विश्लेषणसहित)

नेपाली शेयर न्यूज/ शेयर बजारमा बुधबार सामान्य गिरावट आएर बन्द भएको छ । नेप्से परिसूचक ७.८६ अंकले घटेर २६०६.२० को स्तरमा पुगेको छ । हाल बजार २५८०–२६०० को डिमाण्ड जोनमा आइ सपोर्ट पाएको देखिन्छ, जसले तीव्र गिरावटलाई रोक्ने काम गरेको छ ।

बुधबार ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । ७९ कम्पनीको मूल्य बढ्दा, १६९ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । सबै सेक्टरका सूचक झरेका छन् । तर गिरावट दर सामान्यतया १ प्रतिशतभन्दा कम छ ।

बैंकिङ ०.०५%, विकास बैंक ०.२९%, फाइनान्स ०.५७%, होटल तथा पर्यटन ०.१३%, हाइड्रोपावर ०.६६%, लगानी ०.३२%, जीवन बीमा ०.२१%, उत्पादन तथा प्रशोधन ०.४२%, माइक्रोफाइनान्स ०.२९%, निर्जीवन बीमा ०.३५%, अन्य ०.३९% र व्यापार ०.०२% ले घटेको छ ।

प्राविधिक विश्लेषण

नेपाली शेयर बजार हाल २५८०–२६०० को डिमाण्ड जोनमा आइ सपोर्ट पाएको देखिन्छ । बजार लगातार घट्दै आएको अवस्थामा अहिले थोरै स्थिरता देखिएको छ । सोमबार बजार ३ अंकले घटेको थियो भने मंगलबार ७ अंकले बढेको र बुधबार ५ अंकले घटेको छ ।

बजारले पहिले ठूलो रेड क्यान्डल बनाएर तीव्र गिरावट देखाइरहेको थियो, तर हालको डिमाण्ड जोनमा आएपछि घट्ने गति कम भएको छ । डेली चार्टमा हाइयर हाइ र हाइयर लो कायम देखिन्छ, जसले बजारले डिमाण्ड जोनबाट फर्किन सक्ने सम्भावना रहेको संकेत दिएको छ । बजारको स्थायित्व पुष्टि गर्न एक घण्टाको चार्टमा मुभिङ एभरेज च्यानलको ब्रेक आउट देखिनु आवश्यक हुन्छ ।

यदि ब्रेक आउट भयो भने बजारले डिमाण्ड जोनबाट समर्थन पाउँदै फर्केको मान्न सकिन्छ । यो स्तरलाई भविष्यमा बजारको सम्भावित वृद्धि वा घट्ने दिशाको महत्वपूर्ण संकेत मानिएको छ ।

मुभिङ एभरेज ब्रेक आउटले बजार फर्किंने संकेत(विश्लेषणसहित)

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech