बैंकिङ

नबिल बैंकले जित्यो त्रिशूली जलविद्युत् सम्बन्धी मुद्दा, पायो ७४ लाख ४९ हजार अमेरिकी डलर

December 22nd 2025

0

0 shares

नबिल बैंकले जित्यो त्रिशूली जलविद्युत् सम्बन्धी मुद्दा, पायो ७४ लाख ४९ हजार अमेरिकी डलर

नेपाली शेयर न्यूज । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता प्राप्त गरेको छ। चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै बैंकले चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६ अमेरिकी डलर प्राप्त गरेको जनाएको छ।

मुद्दा सन् २०२३ डिसेम्बरमा सुरु भएको थियो, जब चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग त्रिशूली थ्रीबी आयोजनाले ठेक्का तोड्दा चिनियाँ बैंक चाइना एभरब्राइट बैंक, छेन्दु शाखाले काउन्टर ग्यारेन्टी रकम भुक्तानी गर्न अस्वीकार गरेको थियो। नबिल बैंकले बैंक ग्यारेन्टी भुक्तानीका लागि आह्वानपत्र प्राप्त गरेपछि आफ्नो दायित्वअनुसार त्रिशूली जलविद्युत् कम्पनीलाई रकम भुक्तानी गरिसकेको थियो।

सन् २०२४ जनवरी १७ मा छेन्दु अदालतले नबिल बैंकको पक्षमा फैसला सुनाएको थियो। त्यसपछि सुइफा एएनएचई ग्रुपले पुनरावेदन दायर गरेको थियो। तर अदालतले सन् २०२५ सेप्टेम्बर २३ मा पुनः नबिल बैंकको पक्षमा फैसला सुनाउँदै बैंकको जित सुनिश्चित गरेको हो। त्रिशूली जलविद्युत् कम्पनीले आयोजनाको निर्माण तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०७४ फागुन ३० गते सुइफा एएनएचई ग्रुपसँग ठेक्का सम्झौता गरेको थियो। तर समयमै निर्माण नगरेको कारण २०८० मङ्सिर ३० गते ठेक्का रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरिएको थियो।

नबिल बैंकले जित्यो त्रिशूली जलविद्युत् सम्बन्धी मुद्दा, पायो ७४ लाख ४९ हजार अमेरिकी डलर

Leave a Comment

Related News

ग्लोबल आइएमई लघुवित्तको दोस्रो त्रैमास: ब्याज आम्दानी बढे पनि प्रोभिजनिङले घटायो नाफा

ग्लोबल आइएमई लघुवित्तको दोस्रो त्रैमास: ब्याज आम्दानी बढे पनि प्रोभिजनिङले घटायो नाफा

कर्पाेरेट डेभलपमेन्ट बैंकको १८ औँ साधारणसभा आह्वान: मर्जर र सेयर स्वामित्व परिवर्तन मुख्य एजेण्डा

कर्पाेरेट डेभलपमेन्ट बैंकको १८ औँ साधारणसभा आह्वान: मर्जर र सेयर स्वामित्व परिवर्तन मुख्य एजेण्डा

नाफा र व्यवसाय बढाउँदै माछापुच्छ्रे बैंक; प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार

नाफा र व्यवसाय बढाउँदै माछापुच्छ्रे बैंक; प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार

प्रभु बैंकद्वारा ७ लाख २७ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री खुला

प्रभु बैंकद्वारा ७ लाख २७ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री खुला

एनएमबि बैंक र साना किसानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि बैंक र साना किसानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech