Nepse

शेयर शिक्षा

शेयर बजार

Daily Market Update

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

November 28th 2025

0

1 shares

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

नेपाली शेयर न्यूज/ शेयर बजार यो हप्ता सुखद् रह्यो । विशेषगरी साताको कारोबारको पहिलो दिन आइतबारबाटै शेयर बजारमा हरियाली छायो भने यसलाई कारोबारको अन्तिम दिन बिहीबारसम्म निरन्तरता दियो । यो हप्ताको शेयर बजारलाई सकारात्मक र बुलिश ट्रेन्डमा रुपमा हेर्न सकिन्छ ।

बजारमा बुलिस मारा बुजु क्यान्डल बनेको छ, जसले बुलहरुको मोमेन्टम हाबी भएको संकेत दिन्छ । यस क्रममा भोलुमले पनि साथ दिएको छ । अघिल्लो हप्ताको २०.३९६ अर्बको कारोबारको तुलना गर्दा, यो हप्ताको कारोबार ३२.४३७ अर्ब पुगेको छ । कारोबार रकममा झन्डै ५० प्रतिशत भन्दा बढी वृद्धि देखिएको छ ।

यसले जेन्जी आन्दोलनपछिका समयमा अलिकति घटेको लगानीकर्ताको विश्वास बजारले फेरि बढाउन थालेको संकेत देखाउँछ । डेली चार्ट अनुसार बजारले सकारात्मक क्यारेक्टर देखाएको थियो भने साप्ताहिक आधारमा पनि उच्च हाइ र उच्च लोको प्याटर्न कायम भएको छ । भोलुम बढ्दै गइरहेकोले यो बजारका लागि सकारात्मक संकेतको रूपमा लिइएको छ ।

सेक्टर अनुसार हाइड्रोपावर र इन्भेस्टमेन्ट सेक्टरमा नियमित टर्नओवर रहेको छ भने यस हप्तादेखि लाइफ इन्स्योरेन्स र म्यानुफ्याक्चर एण्ड प्रोसेसिङमा पनि कारोबार बढ्न थालेको छ । यसले लगानीकर्ताहरूलाई सर्ट टर्म ट्रेडिङका अवसरहरू पत्ता लगाउने वातावरण प्रदान गरेको छ । बजारले देखाएको बुलिश मोमेन्टम र बढ्दो भोलुमले लगानीकर्ताको विश्वासमा सुधार आएको पुष्टि गर्छ । यसले आगामी हप्ताहरूमा पनि बजारमा सकारात्मक गतिविधि देखिने सम्भावना बढाएको छ ।

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech