बैंकिङ

सहकारी बैंकको नियमन र सुपरीवेक्षणमा राष्ट्र बैंकको कडाइ(पूर्णपाठ)

December 21st 2025

0

0 shares

सहकारी बैंकको नियमन र सुपरीवेक्षणमा राष्ट्र बैंकको कडाइ(पूर्णपाठ)

नेपाली शेयर न्यूज । नेपाल राष्ट्र बैंकले सहकारी बैंकको नियमन र सुपरीवेक्षण कडाइ गरेको छ। आइतबार केन्द्रीय बैंकले सहकारी बैंकलाई एकीकृत निर्देशन जारी गर्दै नयाँ नियमहरू लागू गरेको हो। निर्देशन अनुसार, सहकारी संस्थाले आफ्ना सदस्यको धितो पुनः प्रयोग गरी सहकारी बैंकबाट ऋण लिन चाहँदा, सम्बन्धित सदस्यले आफ्नो कर्जाको सीमाभन्दा बढी ऋण लिन पाउने छैनन्। साथै, राष्ट्र बैंकले सहकारी बैंकको लाइसेन्स, चुक्ता पुँजी, कर्जा वर्गीकरण लगायतका विषयलाई व्यवस्थित गर्न औपचारिक नियमन सुरु गरेको छ।

सहकारी बैंकले अब बचत र ऋणको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा कम राख्नुपर्ने नियम लागू भएको छ। बैंकले कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, ब्याज र हर्जाना बाहेक अन्य शीर्षकमा कुनै पनि अतिरिक्त शुल्क लिन पाउने छैन। नयाँ नियम अनुसार, बैंकका सञ्चालक, कार्यकारी प्रमुख र उनीहरूका परिवारको सम्पत्ति तथा ऋणको विवरण हरेक आर्थिक वर्ष सकिएपछि ३५ दिनभित्र अद्यावधिक गर्न अनिवार्य गरिएको छ। साथै, सञ्चालक वा कार्यकारी प्रमुख पदबाट हटेको व्यक्ति कम्तीमा ६ महिना नपुगी सोही संस्थामा अन्य कुनै पदमा नियुक्ति हुन पाउने छैनन्।

सहकारी बैंकको पुँजी कोष अनुपात ८ प्रतिशत हुनुपर्ने, र कर्जा नोक्सानी व्यवस्थाका लागि सक्रिय कर्जाको १ प्रतिशतदेखि खराब कर्जाको १०० प्रतिशतसम्म प्रोभिजन गर्नुपर्ने प्रावधान पनि लागू गरिएको छ। यी नयाँ नियमहरूले सहकारी बैंकको पारदर्शिता र वित्तीय स्थिरता बढाउने विश्वास गरिएको छ।

सहकारी बैंकको नियमन र सुपरीवेक्षणमा राष्ट्र बैंकको कडाइ(पूर्णपाठ)

Leave a Comment

Related News

ग्लोबल आइएमई लघुवित्तको दोस्रो त्रैमास: ब्याज आम्दानी बढे पनि प्रोभिजनिङले घटायो नाफा

ग्लोबल आइएमई लघुवित्तको दोस्रो त्रैमास: ब्याज आम्दानी बढे पनि प्रोभिजनिङले घटायो नाफा

कर्पाेरेट डेभलपमेन्ट बैंकको १८ औँ साधारणसभा आह्वान: मर्जर र सेयर स्वामित्व परिवर्तन मुख्य एजेण्डा

कर्पाेरेट डेभलपमेन्ट बैंकको १८ औँ साधारणसभा आह्वान: मर्जर र सेयर स्वामित्व परिवर्तन मुख्य एजेण्डा

नाफा र व्यवसाय बढाउँदै माछापुच्छ्रे बैंक; प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार

नाफा र व्यवसाय बढाउँदै माछापुच्छ्रे बैंक; प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार

प्रभु बैंकद्वारा ७ लाख २७ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री खुला

प्रभु बैंकद्वारा ७ लाख २७ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री खुला

एनएमबि बैंक र साना किसानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि बैंक र साना किसानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech