Development Bank

Sub Index

बैंकिङ

शेयर बजार

बैंकमा अधिक तरलतासँगै शेयर धितो कर्जाको घट्यो ब्याजदर

November 24th 2025

0

0 shares

बैंकमा अधिक तरलतासँगै शेयर धितो कर्जाको घट्यो ब्याजदर


नेपाली शेयर न्यूज/ बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै बैंकहरूले शेयर धितो कर्जाको ब्याजदर घटाउन थालेका छन्। धेरै बैंकहरूले आधारदरमा नै शेयर धितो कर्जा उपलब्ध गराउँदै आएका छन् । गत हप्ता एनआईसी एसिया बैंकले शून्य प्रिमियम, अर्थात् आधारदरमा नै शेयर धितो कर्जा दिने योजना सार्वजनिक गरेको थियो।


यस्तै, अन्य बैंकहरूले पनि सार्वजनिक सूचना बिना नै न्यून प्रिमियममा कर्जा उपलब्ध गराउँदै आएका छन्। बैंकहरूको आधारदर हाल ४ देखि ६ प्रतिशतको हाराहारीमा रहेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधारदर सबैभन्दा कम ४.२७ प्रतिशत रहेको छ, यद्यपि यस बैंकले शेयर धितो कर्जा उपलब्ध गराउँदैन। राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकको आधारदर ४ प्रतिशतको हाराहारीमा रहेको छ र दुवै बैंकले आधारदरमा १–३ प्रतिशत प्रिमियम जोडेर कर्जा उपलब्ध गराएका छन्। एनआईसी एसिया बैंकको आधारदर सबैभन्दा उच्च ६.६८ प्रतिशत भए पनि यसले आधारदरमै कर्जा उपलब्ध गराउने योजना ल्याएकोले लगानीकर्ताले सस्तो दरमा कर्जा लिन सक्ने भएको छ।


नेपाल राष्ट्र बैंकले हाल कर्जा प्रवाहका सम्बन्धमा लचिलो नीति अपनाउँदै शेयर कर्जामा लगाएको सबै सीमा हटाएको छ। यसका कारण लगानीकर्ताहरू उत्साहित भएका छन्। हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले डेढ खर्बभन्दा बढी मार्जिन कर्जा प्रवाह गरिसकेका छन्।

तर बैंकहरूले प्राथमिक पूँजीको ४० प्रतिशत मात्र शेयर बजारमा उपलब्ध गराउन सक्ने भएकाले लगानीकर्ताहरूको माग भए पनि सबै कर्जा प्रवाह गर्न सकिएको छैन। लगानीकर्ताहरूले बैंकहरूले शेयर धितो कर्जा परिचालन क्षमता बढाउनु पर्ने माग गरेका छन्।


बैंकमा अधिक तरलतासँगै शेयर धितो कर्जाको घट्यो ब्याजदर

Leave a Comment

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech