शेयर शिक्षा

शेयर बजार

Daily Market Update

बजार २५८० देखि २६०० को डिमाण्ड जोनको नजिक(विश्लेषणसहित)

December 7th 2025

0

0 shares

बजार २५८० देखि २६०० को डिमाण्ड जोनको नजिक(विश्लेषणसहित)

नेपाली शेयर न्यूज । साताको पहिलो दिन आइतबार शेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २३.५० अंकले घटेर २६०७ अंकमा आइपुगेको हो । योसहित लगातार पाँच कारोबार दिन बजार ओरालोमा रह्यो । आइतबार कारोबार सुरु हुँदा बिहान ११ः०९ बजे नेप्से २६३६ अंकमा पुगेको थियो, तर त्यसपछि निरन्तर घट्दै गएको छ ।

आइतबार ४६ कम्पनीको मूल्य बढ्दा २०४ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहको छ । कारोबार रकम अघिल्लो दिनको ५ अर्ब २३ करोडको तुलनामा १० करोड बढी, ५ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

क्षेत्रगत सूचक सबै ओरालोमा छन् । बैंकिङ ०.६०, विकास बैंक ०.९३, फाइनान्स १.००, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.२२, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९३, अन्य ०.१२ र व्यापार १.२१ प्रतिशतले घटेका छन् ।

प्राविधिक विश्लेषण

यसअघि नै हामीले गत बुधबार बजारको प्राविधिक विश्लेषणसहित प्रेडिक्सन गरेका थियौं, सोही अनुसार नै अहिले बजार गइरहेको छ ।

हेर्नुहोस्

बजारमा करेक्सन जारीः अबको डिमाण्ड जोन कता ?(प्राविधिक विश्लेषणसहित) | Nepali Share News

नेप्से झिनो अंकले ओरालोः यस्तो छ प्राविधिक विश्लेषण | Nepali Share News

बजार अहिले २५८०–२६०० डिमाण्ड जोनमा पुगेको छ । हामीले अघिल्लो डेली मार्केट अपडेटमा एक घण्टाको मुभिङ एभरेज च्यानल ब्रेकको चार्ट प्रस्तुत गरेका थियौं । अहिले बजार त्यही अनुसार नै अघि बढिरहेको छ। बजारले एक घण्टाको मुभिङ एभरेज च्यानल ब्रेक गरेपछि २५८०–२६०० को डिमाण्ड जोनमा पुग्ने सम्भावना बढी रहेको थियो र अहिले त्यो पूर्वानुमान सही साबित भएको छ । प्राविधिक रूपमा, डिमाण्ड जोनमा पुगेपछि रिभर्सल क्यान्डलस्टिक प्याटर्न देखा पर्न सक्छ, जसले बजारले फर्किने लय समात्न सक्ने संकेत दिन्छ ।

डिमाण्ड जोनमा पुगेपछि रिभर्सल क्यान्डलस्टिक प्याटर्नको पुष्टि भएपछि मात्र कुनै पनि इन्ट्री वा लगानी गर्ने निर्णय लिनु उपयुक्त हुन्छ । बजार २५८०–२६०० डिमाण्ड जोनतिर आइपुगेको छ । प्राविधिक सेटअप अनुसार, यो जोन अब बुलिश गतिविधिको लागि तयार रहेको छ र रिभर्सल प्याटर्नको पुष्टि भएपछि बजारको उकालोको सम्भावना बढ्ने देखिन्छ ।

आइतबार बढी कारोबार गर्ने टप टेन ब्रोकरहरु

बजार २५८० देखि २६०० को डिमाण्ड जोनको नजिक(विश्लेषणसहित)

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech