Nepse

शेयर शिक्षा

शेयर बजार

विश्व लगानीकर्ता सप्ताहः पुँजी बजार सचेतना विस्तार गर्दै सेबोन

December 11th 2025

0

0 shares

विश्व लगानीकर्ता सप्ताहः  पुँजी बजार सचेतना विस्तार गर्दै सेबोन

नेपाली शेयर न्यूज । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विश्वभर मनाइने विश्व लगानीकर्ता सप्ताह २०२५ लाई मंसिर २५ देखि पुस २ गतेसम्म विभिन्न देशव्यापी कार्यक्रममार्फत मनाउने भएको छ । पुँजी बजारका नियामक निकायहरूको अन्तर्राष्ट्रिय संस्था IOSCO ले सन् २०१७ देखि विश्वभर मनाउँदै आएको यो सप्ताहमा नेपाल पनि निरन्तर सक्रिय रहँदै आएको छ।

सेबोनले पुँजी बजार विकास तथा लगानीकर्ता संरक्षणलाई प्रमुख उद्देश्य बनाउँदै धितोपत्रको निष्काशन, खरिद–बिक्री तथा विनिमय प्रक्रिया व्यवस्थित गर्न स्थापना भएको हो। यही उद्देश्यअनुरूप नेपालले पनि IOSCO को एसोसियट सदस्य देशको हैसियतले हरेक वर्ष विविध सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।

विश्व लगानीकर्ता सप्ताह २०२५ को प्रमुख विषयवस्तुमा Technology and Digital Finance, Artificial Intelligence, Frauds & Scam Prevention, Crypto Assets tyf Basics of Investing समेटिएका छन् । यसले आधुनिक वित्तीय प्रविधि तथा डिजिटल अर्थतन्त्रमा बढ्दो जोखिम र अवसरका विषयमा लगानीकर्तालाई सचेत गराउने लक्ष्य लिएको छ।

यो सप्ताह नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग, स्टक ब्रोकर्स एसोसिएसन, मर्चेन्ट बैंकर्स एशोसिएसन, नेपाल प्राइभेट इक्युटि एशोसिएसन, स्टक डिलर्स कम्पनी तथा क्रेडिट रेटिङ् कम्पनीहरूको संयुक्त आयोजनामा मनाइँदैछ।

सेबोनका अनुसार कार्यक्रमका मुख्य उद्देश्यहरू यसप्रकार छन्–

पुँजी बजार सचेतना विस्तार गर्दै लगानीकर्तालाई सूचित निर्णय लिन सहयोग पुर्‍याउने।

भौगोलिक र जनसांख्यिक आधारका सहभागीलाई लक्षित गर्दै पूँजी बजार तथा वित्तीय साक्षरतामा सहभागी गराउने।

बजारका विभिन्न सरोकारवालाबीच समन्वय र सहकार्य बढाई लगानीकर्ता संरक्षण तथा साक्षरता अभिवृद्धि गर्ने।

सेबोनले आगामी दिनमा अझ संरचित, भरपर्दो र प्रविधिमैत्री पुँजी बजार निर्माणका लागि यस्तो सप्ताह महत्वपूर्ण हुने जनाएको छ।

विश्व लगानीकर्ता सप्ताहः  पुँजी बजार सचेतना विस्तार गर्दै सेबोन

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech