विचार/अन्तरवार्ता

शेयर बजारमा धैर्यता र संयमता आवश्यकः निर्देशक पौडेल

December 17th 2025

0

0 shares

शेयर बजारमा धैर्यता र संयमता आवश्यकः निर्देशक पौडेल

नेपाली शेयर न्यूज । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यसै क्रममा नेपालगन्जमा ‘पुँजीबजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि’ विषयक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक विनोद पौडेलले यहाँका लगानीकर्ताका लागि शेयर साक्षरता कार्यक्रम सुरु गरिएको बताए । पुँजीबजार प्राथमिक बजारसँगै दोस्रो बजारसमेत रहेको उल्लेख गर्दै उनले बोर्डले लगानीकर्ताका हितको संरक्षण र पैरवी गर्दै आएको बताए ।

उनले सबै लगानीकर्ताको मुख्य उद्देश्य पुँजीबजारको दोस्रो बजारबाट लाभ आर्जन गर्नु हुने उल्लेख गर्दै त्यसका लागि धैर्यता र संयमता आवश्यक रहेको बताए । ‘हामीले गर्नुपर्ने कार्यका लागि सहजीकरण गर्न बोर्ड सधैँ तयार छ,’ निर्देशक पौडेलले भने।

पौडेलले पुँजीबजारसम्बन्धी ऐन तथा नियमअनुसार नियमित रूपमा नियमन भइरहेको जानकारी गराउँदै पुँजीबजारमा लगानी गर्दा जोखिम पनि रहने भएकाले सचेत रहन लगानीकर्तालाई आग्रह गर । साथै, लगानीपछि प्राप्त हुने प्रतिफलको कुनै ग्यारेन्टी नेपाल धितोपत्र बोर्डले गर्न नसक्ने कुरा पनि उनले स्पष्ट पारे।

कार्यक्रममा शेयर बजारका लगानीकर्ता झवीन्द्रप्रसाद मरासिनीले कतिपय कम्पनीले समयमा लाभांश नदिएर ठगी गरेको आरोप लगाउँदै बोर्डले यसमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । उनले पुँजीबजारका विषयमा अफवाह फैलाउनेलाई कारबाही गर्न नसकेको उल्लेख गर्दै बोर्डलाई गलत कार्यविरुद्ध खरो रूपमा प्रस्तुत हुन आग्रह गरे ।

लगानीकर्ता विकास भट्टराईले नियामक निकाय सक्रिय नहुँदा शेयर बजारका लगानीकर्ता जोखिममा परेको भन्दै ‘इन्साइडर टे«डिङ’ का विषयमा पनि बोर्ड गम्भीर नभएको आरोप लगाए ।

शेयर बजारमा धैर्यता र संयमता आवश्यकः निर्देशक पौडेल

Leave a Comment

Related News

पाल्पा सिमेन्टको आईपीओमा स्थानीयको असन्तुष्टि: आईपीओ सुरु हुनुअघि नै विवादको घेरामा

पाल्पा सिमेन्टको आईपीओमा स्थानीयको असन्तुष्टि: आईपीओ सुरु हुनुअघि नै विवादको घेरामा

नयाँ वर्ष २०२६ को  सम्पूर्ण शेयर लगानीकर्ताहरूमा  हार्दिक मंगलमय शुभकामना

नयाँ वर्ष २०२६ को सम्पूर्ण शेयर लगानीकर्ताहरूमा हार्दिक मंगलमय शुभकामना

 डिजिटल वालेटमा अब ५० हजारभन्दा बढी रकम राख्न नपाइने

डिजिटल वालेटमा अब ५० हजारभन्दा बढी रकम राख्न नपाइने

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश

डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’

डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’

‘विदेशी लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्’

‘विदेशी लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्’

गभर्नर भन्छन्,‘कोल्याटरल बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो’

गभर्नर भन्छन्,‘कोल्याटरल बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो’

तरलता व्यवस्थापन अर्थतन्त्रको मुख्य चुनौतीः गभर्नर पौडेल

तरलता व्यवस्थापन अर्थतन्त्रको मुख्य चुनौतीः गभर्नर पौडेल

यी हुन् बजार घट्नुका मुख्य कारण(भिडियोसहित)

यी हुन् बजार घट्नुका मुख्य कारण(भिडियोसहित)

सेयर बजार र अर्थतन्त्रमा यसको फाइदा

सेयर बजार र अर्थतन्त्रमा यसको फाइदा

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech