विचार/अन्तरवार्ता

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश

December 18th 2025

0

1 shares

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । देशको वित्तीय क्षेत्रमा चर्चामा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सहकारी ठगी र सङ्गठित अपराधको अभियोग खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यसअघि, बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए, जसको सुनुवाइपछि उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

Leave a Comment

Related News

पाल्पा सिमेन्टको आईपीओमा स्थानीयको असन्तुष्टि: आईपीओ सुरु हुनुअघि नै विवादको घेरामा

पाल्पा सिमेन्टको आईपीओमा स्थानीयको असन्तुष्टि: आईपीओ सुरु हुनुअघि नै विवादको घेरामा

नयाँ वर्ष २०२६ को  सम्पूर्ण शेयर लगानीकर्ताहरूमा  हार्दिक मंगलमय शुभकामना

नयाँ वर्ष २०२६ को सम्पूर्ण शेयर लगानीकर्ताहरूमा हार्दिक मंगलमय शुभकामना

 डिजिटल वालेटमा अब ५० हजारभन्दा बढी रकम राख्न नपाइने

डिजिटल वालेटमा अब ५० हजारभन्दा बढी रकम राख्न नपाइने

शेयर बजारमा धैर्यता र संयमता आवश्यकः निर्देशक पौडेल

शेयर बजारमा धैर्यता र संयमता आवश्यकः निर्देशक पौडेल

डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’

डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’

‘विदेशी लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्’

‘विदेशी लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्’

गभर्नर भन्छन्,‘कोल्याटरल बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो’

गभर्नर भन्छन्,‘कोल्याटरल बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो’

तरलता व्यवस्थापन अर्थतन्त्रको मुख्य चुनौतीः गभर्नर पौडेल

तरलता व्यवस्थापन अर्थतन्त्रको मुख्य चुनौतीः गभर्नर पौडेल

यी हुन् बजार घट्नुका मुख्य कारण(भिडियोसहित)

यी हुन् बजार घट्नुका मुख्य कारण(भिडियोसहित)

सेयर बजार र अर्थतन्त्रमा यसको फाइदा

सेयर बजार र अर्थतन्त्रमा यसको फाइदा

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech