general

शेयर शिक्षा

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

December 7th 2025

0

0 shares

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

1. आफूलाई शिक्षित बनाउनुहोस्

शेयर बजारका बारेमा सिक्नु अत्यन्त महत्त्वपूर्ण छ। धेरै मानिसहरूले आवश्यक जानकारी बिना लगानी गरेर पैसा गुमाउँछन्। बजार कसरी चल्छ र कुन–कुन कुराले प्रभाव पार्छ भनेर बुझ्न पुस्तक पढ्नुहोस् ।

सेमिनार / वर्कशपमा सहभागी हुनुहोस् ।

भरपर्दो वित्तीय समाचार स्रोतहरू फलो गर्नुहोस् ।

2. “Hot Tip” पछि नलाग्नुहोस्

अरूले दिएको “सेयर टिप्स” सिधै मानेर लगानी नगर्नुहोस्। सेयर किन्नुअघि:

कम्पनीको अध्ययन गर्नुहोस्

चार्ट, डेटा, सूचक हेर्नुहोस्

3. पोर्टफोलियो विविधीकरण गर्नुहोस्

शेयर बजारमा लगानी गर्दा विविधीकरण (Diversification) अत्यावश्यक हुन्छ। फरक उद्योग, कम्पनी र सेयरमा लगानी गर्नुहोस् ।

यसले एउटा सेयर कमजोर भए पनि सबै पैसा गुम्ने जोखिम घटाउँछ। र विभिन्न बजार ट्रेन्डबाट फाइदा लिन मद्दत गर्छ।

4. योजना बनाएर लगानी गर्नुहोस्

लगानीभन्दा पहिले स्पष्ट योजना बनाउनुहोस्:

कुन प्रकारको सेयर किन्ने?

कति रकम लगानी गर्ने?

कति समय राख्ने?

योजना बनेपछि भावनामा र बजारको उतारचढावमा आएर निर्णय नबदल्नुहोस्।

5. स्थापित कम्पनीका सेयर रोज्नुहोस्

ठूलो र स्थापित कम्पनीले घाटाको जोखिम घटाउँछन्। शुरुमा धेरै नाफा नआए पनि दीर्घकालीन रूपमा राम्रो नतिजा दिन्छन्।

कम्पनीको:

ब्रान्ड

बजार स्थिति

लाभांश इतिहास

हेरेर निर्णय गर्नुहोस्।

6. लालच नगर्नुहोस्

शेयर बजार अनिश्चित र उतारचढावयुक्त हुन्छ। नयाँ लगानीकर्ताले बजारको समय (Timing) मिलाउन मुश्किल हुन्छ।

त्यसैले:

प्रवेश (Buy) र निकास (Sell) मूल्य पहिले नै योजना बनाउनुहोस्

लक्ष्य पूरा भएपछि नाफा बुझ्नुहोस्

“अरू बढ्ला” भनेर लोभ गर्दा घाटा हुन सक्छ

7. कुन सेक्टरमा लगानी गर्ने बुझ्नुहोस्

लगानी गर्नुअघि कुन उद्योग (Sector) तपाईंको लक्ष्यअनुसार उपयुक्त छ बुझ्नु महत्त्वपूर्ण हुन्छ।

विशेष गरी:

Macroeconomic data

Sector performance

कम्पनीको relative strength

हेर्नुहोस्

सबैभन्दा ठूला कम्पनीले मात्र नाफा दिन्छन् भन्ने हुँदैन।

सेक्टर भित्रका कम्पनीहरूको तुलना गरेर गुणस्तरीय सेयर रोज्नुहोस्।

8. Derivatives (Futures / Options) बाट टाढा बस्नुहोस्

Derivative बजार जटिल र जोखिमयुक्त हुन्छ, जसका लागि अनुभव चाहिन्छ। थोरै पैसामा धेरै stake लिन मिल्ने भएकाले नयाँ लगानीकर्ताले लोभमा गलत निर्णय गर्छन्।

तसर्थ: सिक्नु अघि derivatives मा नगुम्नुहोस्।

9. विशेषज्ञको सल्लाह लिनुहोस्

यदि तपाईंलाई शेयर बजार बारे अनिश्चितता छ भने:

Financial advisor, Investment expert संग परामर्श लिनु उपयुक्त हुन्छ।

उनीहरूले तपाईंको: लक्ष्य,जोखिम सहन क्षमता, अनुसार योजना बनाउन मद्दत गर्छन्।

यदि सही रूपमा गरियो भने, शेयर बजारले राम्रो आम्दानी दिन सक्छ। नयाँ लगानीकर्ताले सिक्नु, लक्ष्य बनाउनु, योजना बनाउनु अत्यावश्यक छ। यी टिप्स अपनाएर अनुशासनपूर्वक लगानी गर्न सके दीर्घकालीन राम्रो प्रतिफल पाउन सकिन्छ।

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

Leave a Comment

Related News

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

NEPSE बजार विश्लेषण

NEPSE बजार विश्लेषण

नेप्से विश्लेषण: २५८० बाट 'यू-टर्न', अब ट्रेन्डलाइन ब्रेकआउटको प्रतीक्षा

नेप्से विश्लेषण: २५८० बाट 'यू-टर्न', अब ट्रेन्डलाइन ब्रेकआउटको प्रतीक्षा

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech