शेयर शिक्षा

Daily Market Update

शेयर बजारमा सामान्य गिरावट : Doji Candle ले रिभर्सलको संकेत(विश्लेषणसहित)

December 8th 2025

0

0 shares

शेयर बजारमा सामान्य गिरावट : Doji Candle ले रिभर्सलको संकेत(विश्लेषणसहित)

नेपाली शेयर न्यूज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ३.०२ अंकले घटेर २६०६ मा कायम भएको छ । सोमबारसम्म आइपुग्दा बजार लगातार छैटौं कारोबार दिन ओरालो लागेको हो । विगत ६ दिनमा नेप्से १७० अंकले घटिसकेको छ । मंसिर ११ गते नेप्से २७७६ अंकमा थियो ।

राजनीतिक अस्थिरता र चुनावको अनिश्चितताबीच शेयर बजार लगानीकर्तामा मनोबल बढ्न सकेको छैन । सोमबार बजारमा ९९ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने १२ कम्पनी स्थिर रहे। कारोबार रकम ४ अर्ब ६६ करोड पुगेको छ, जुन अघिल्लो दिनको ५ अर्ब ३३ करोडको कारोबारभन्दा कम हो ।

समूहगत सूचकमा मिश्रित प्रतिक्रियासहित उतारचढाव १ प्रतिशतभन्दा कम देखियो । जलविद्युत् ०.१२%, जीवन बीमा ०.५०%, उत्पादन तथा प्रशोधन ०.६१%, निर्जीवन बीमा ०.०५% र व्यापार ०.४१% ले बढे। बैंकिङ ०.६७%, विकास बैंक ०.११%, फाइनान्स ०.५७%, होटल तथा पर्यटन ०.२३%, लगानी ०.१६%, माइक्रोफाइनान्स ०.२९% र अन्य ०.२१% ले घटेका छन् ।

प्राविधिक विश्लेषण

सोमबार सेयर बजारले ट्रेन्ड लाइनको आसपास आएर डोजी क्यान्डल बनाएको छ । बजार सपोर्ट (डिमाण्ड) क्षेत्रमा आएपछि डोजी क्यान्डल बनेकोले, सम्भावित रिभर्सलको संकेत देखिएको छ । तर बजारले साँच्चै रिभर्सल देखाएको छ भन्नको लागि डोजी क्यान्डलको हाइ पोइन्ट २६१८ ब्रेक गर्न आवश्यक छ ।

यदि बजारले २६१८ को हाइ ब्रेक गर्न सफल भयो भने, डोजी क्यान्डल मान्य हुन्छ र त्यसपछि बजारले रिभर्सल देखाएको भन्न सकिन्छ । तर यदि यो स्तर ब्रेक भएन भने, बजारले २५८०–२६०० को जोनबाट अर्को कुनै बुल्स क्यान्डल बनाएर त्यसको हाइ ब्रेक गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र बजारले फर्किएको (रिभर्सल भएको) संकेत दिनेछ ।

ओभरल ट्रेन्ड हेर्दा हाल पनि बजार सकारात्मक छ र बजार ट्रेन्ड लाइनतर्फ आउँदैछ । सोमबारको डोजी क्यान्डलले डिमाण्ड एरियामा रहेको समर्थनलाई हाइलाइट गरेको छ, र आगामी दिनहरूमा बजारको दिशा डोजी क्यान्डलको हाइको ब्रेकमा निर्भर रहनेछ ।

शेयर बजारमा सामान्य गिरावट : Doji Candle ले रिभर्सलको संकेत(विश्लेषणसहित)

Leave a Comment

Related News

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

NEPSE बजार विश्लेषण

NEPSE बजार विश्लेषण

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech