general

शेयर शिक्षा

शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ?, यस्ता छन् धितोपत्र बोर्डका सुझावहरु

December 3rd 2025

0

0 shares

शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ?, यस्ता छन् धितोपत्र बोर्डका सुझावहरु

नेपाली शेयर न्यूज/हाल नेपाली शेयर बजारमा लगानीकर्ताको आकर्षण निरन्तर बढिरहेको देखिन्छ। पछिल्लो समय बजारमा नयाँ डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता खोल्नेको संख्या बढ्नु यसका संकेत मानिन्छ।


विशेषत, युवा तथा पहिलो पटक लगानी गर्न चाहनेहरू बजारमा प्रवेश गरिरहेका छन्, जसले कारोबार मात्रा र बजारको सहभागीता दुबै विस्तार गरेको छ। डिजिटल पहुँच, मोबाइल एप आधारित कारोबार, कम ब्याजदर र छोटो अवधिमा प्रतिफलको अपेक्षाले बजारप्रति आकर्षण बढाएको हो।


तर, विशेषज्ञहरूले बजारमा आकर्षण बढ्नु सकारात्मक भए पनि ज्ञान र जोखिम व्यवस्थापनबिनाको लगानी दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ। यसर्थ,नियामक निकाय धितोपत्र बोर्डले निम्न कुराहरूमा ध्यान दिएर मात्र लगानी गर्न आग्रह गर्दै आएको छ ।


-धितोपत्रको मूल्यमा समय समयमा उतारचढाव आउन सक्ने भएकाले धितोपत्रमा लगानी गर्दा मूल्य उतारचढाव सम्बन्धी उपयुक्त सूचना लिई संयमित र विवेकशील भएर मात्र लगानीको निर्णय लिनुपर्नेछ ।


-धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको बास्तविक वस्तु स्थिति बुझेर आफ्नो स्वविवेकमानै लगानी सम्बन्धी निर्णय लिनुपर्नेछ । साथै आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्याकंन समेत गर्नुपर्नेछ ।

-धितोपत्रको प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रमा लगानी गर्नुअघि धितोपत्र निष्कासनकर्ता कम्पनीको आव्हानपत्र तथा विवरणपत्र मार्फत प्रवाहित जानकारीहरू मुख्यतया कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति (नेटवर्थ), नाफानोक्सान स्थिति लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङको स्तर जस्ता कुराहरूको विश्लेषण गनुपर्नेछ ।


-नेपाल धितोपत्र बोर्डमा दर्ता भएको तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत धितोपत्रमा मात्र लगानी गर्नुपर्नेछ ।


-धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद शेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरू, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरू (प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिशेयर नेटवर्थ,पूँजी कोष अनुपात, निष्क्रिय कर्जा अनुपात), धितोपत्रको मूल्य प्रवृति, कम्पनीको साधारण सभाको निर्णय जस्ता महत्वपूर्ण कुराहरूको अध्ययन गर्नुपर्नेछ ।


-दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई दिन भित्रमा कारोबारको राफसाफ हुनुपर्ने कुराको जानकारी लिनुपर्नेछ ।


-आफुसँग भएको धितोपत्रलाई कारोबार योग्य बनाउन बोर्डबाट अनुमति प्राप्त निक्षेप सदस्यामार्फत अभौतिकीकरण गर्नुपर्नेछ ।


-प्राथमिक बजारमा लगानी गर्न निक्षेप सदस्याकोमा हितग्राही खाता खोली आफ्नो बैंक खाता रहेको बैंकबाट आस्बा वा सि–आस्बा रजिष्ट्रेशन नम्बर लिई अनलाईनबाट सहजरुपमा लगानी गर्नुपर्नेछ । धितोपत्र बजारमा लगानी गर्न हितग्राही खाता अनिवार्य गरिएको हुँदा, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले तथा निक्षेप सदस्यहरूसँग सम्पर्क राखी बैंक खाता सहितको ग्राहक परिचय विवरण अनिवार्य रुपमा भरी हितग्राही खाता खोलेर धितोपत्र खरीद विक्री कारोबार गर्नुपर्नेछ । आफूले खरीद गरेको धितोपत्र समयमै आफ्नो खातामा जम्मा भए नभएको ध्यान दिनुपर्नेछ ।


-धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनैतिक स्थितिले प्रत्यक्ष प्रभाव पार्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सहज रहनुपर्नेछ ।


-धितोपत्र दोस्रो बजारबाट कारोबार गर्दा सिधै नेप्सेको विद्युतीय कारोबार प्रणाली वा बोर्डबाट अनुमति प्राप्त धितोपत्र दलाल तथा तिनको शाखा कार्यालयबाट मात्र गर्नुपर्नेछ ।


-धितोपत्र कारोबारमा रकमको लेनदेन गर्दा बैंक तथा वित्तीय संथा मार्फत गर्नुपर्नेछ ।


-लगानी विविधिकरण बाट लगानीमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुग्ने हुँदा लगानी विविधिकरणमा ध्यान दिनुपर्नेछ ।


-दीर्घकालीन रुपमा गरिने लगानीले जोखिमको सम्भावनालाई न्यून गराउने हुँदा लगानी गर्दा यस तथ्यलाई समेत मनन गर्नुपर्नेछ ।


-पूँजीबजार सम्बन्धी नीति नियम तथा निर्देशनहरूले धितोपत्रको मूल्यमा असर पार्ने भएकाले सुसूचित निर्णयका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुपर्नेछ ।


-लगानीकर्ताहरूलाई पूँजीबजार सम्बन्धी साक्षर बनाउने उदेश्यले बोर्डले समय समयमा कार्यालयमा तथा विभिन्न जिल्लाहरूमा लगानीकर्ता सचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सहभागी हुनुपर्नेछ ।


-लगानीकर्ताको अधिकार तथा जिम्मेवारी सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन नियम, कम्पनी ऐन तथा अन्य सम्बन्धित ऐत नियमहरूको साथै बोर्डबाट भएका व्यवस्थाबारे जानकारी राख्न धितोपत्र सम्बन्धी ऐन नियमहरू र अन्य व्यवस्थाको जानकारी बोर्डको वेबसाइट तथा बोर्डको सम्बन्धित प्रकाशनमार्फत समेत हेर्नुपर्नेछ ।


-धितोपत्रमा लगानी सम्बन्धमा कुनै जिज्ञासा, गुनासा तथा उजुरीहरू भएमा बोर्डको वेवसाइटमा रहेको Grievance button मार्फत वा टोल फ्रि नम्बर १६६००१४४४३३ वा हटलाइन नम्बर ५५४४०७६ बोर्डको ठेगानामा पठाउनुपर्नेछ ।


शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ?, यस्ता छन् धितोपत्र बोर्डका सुझावहरु

Leave a Comment

Related News

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

NEPSE बजार विश्लेषण

NEPSE बजार विश्लेषण

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech