general

शेयर शिक्षा

सेबोनले भन्यो,‘धितोपत्रमा उतार चढाव सामान्य, लगानी गर्दा संयमित बनौं’

December 11th 2025

0

0 shares

सेबोनले भन्यो,‘धितोपत्रमा उतार चढाव सामान्य, लगानी गर्दा संयमित बनौं’


नेपाली शेयर न्यूज । नेपाल धितोपत्र बोर्ड (SEBON) ले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा लगानीकर्तालाई बजारमा देखिन सक्ने मूल्य उतार–चढावबारे सचेत रहन आग्रह गरेको छ। "Stay informed, stay protected" नारासहित मनाइँदै गरिएको यस सप्ताहका गतिविधिमा लगानीकर्ता शिक्षा र जोखिम सचेतनालाई प्रमुख प्राथमिकताका रूपमा राखिएको छ।


धितोपत्र बोर्डका अनुसार शेयर बजारमा मूल्य समय–समयमा घटबढ हुने स्वभाविक प्रक्रिया भएकाले त्यसबारे पर्याप्त जानकारी लिएर मात्र लगानी निर्णय लिनु आवश्यक हुन्छ। बोर्डले लगानीकर्ताले संयमित र विवेकशील भएर बजार अध्ययन गर्नुपर्नेमा जोड दिएको छ।


यस वर्षको विश्व लगानीकर्ता सप्ताह IOSCO (International Organization of Securities Commissions) को आह्वानमा विश्वभर मनाइँदै छ। नेपाल IOSCO को सदस्य मुलुक भएकाले सेबोनले हरेक वर्षजस्तै यो वर्ष पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रममार्फत लगानीकर्तालाई बजार जोखिम, डिजिटल वित्तीय साधन, ठगी तथा स्क्याम पहिचान, साथै जिम्मेवार लगानीसम्बन्धी जानकारी प्रदान गरिनेछ। सेबोनले लगानीकर्ताको हित संरक्षण र पुँजी बजारमा विश्वास अभिवृद्धि नै आफ्नो प्रमुख उद्देश्य रहेको जनाएको छ।

सेबोनले भन्यो,‘धितोपत्रमा उतार चढाव सामान्य, लगानी गर्दा संयमित बनौं’

Leave a Comment

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech